corona india

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख बढी

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ। भारतमा गत २४ घण्टामा मात्रै १८ हजार ५५२ नयाँ कोरोना संक्रमित थपिएका हुन्।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९५३ पुगेको छ। पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या एकै दिन थपिएको संक्रमतिहरुको अहिलेसम्मकै उच्च संख्या हो।

पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणका कारण ३८४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार ६८५ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख ९५ हजार ८८० संक्रमितहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् । भारतमा १ लाख ९७ हजार ३८७ जनाको विभिन्न अस्पताल तथा होम क्वारेन्टाइनमा उपचार भइरहेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्