राष्ट्रिय समाचार समिति

राष्ट्रिय समाचार समिति लगाएत हुलाक कार्यालय डुबानमा

जनकपुरधाम १४ असार। अविरल वर्षाका कारण राष्ट्रिय समाचार समिति प्रदेश नं २ कार्यालय जनकपुरधाम डुबानमा परेको छ । डुबानका कारण समितिको समाचार सम्प्रेषणको कार्यसमेत कठीनाई छ ।

जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको ढलमा निकासका समस्याका कारण सो अवस्था उत्पन्न भएको हो । पानी निकास हुन नपाई आन्तरिक राजश्व कार्यालय, हुलाक कार्यालय, परिवार नियोजन संघ, महिला विकास केन्द्र र वन निर्देशनालय लगायतका परिसर जलमग्न भएका छन् ।

सडकमा कालोपत्र र पेटी निर्माणका क्रममा ढलमा इँट्टा, गिट्टी र बालुवा पसेका कारण पानीको निकास अवरूद्ध भएको छ । – रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्