corona test

नेपालमा ४६३ जना नयाँ संक्रमित थपिए, कुल संक्रमितको संख्या १३ हजर नजिक

काठमाडौं, १४ असार । आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ संक्रमितमा महिला १०५ र पुरुष ३५८ जना रहेका छन् । यसैगरी कोरोना निको हुनेको संख्या ३ हजार नाघेको छ । बितेको २४ घण्टामा १३ महिला र १६६ पुरुष गरी १७९ जना संक्रमित निको भएर घर फर्किएको गौतमले जानकारी दिए । योसँगै कोरोना निको हुनेको संख्या ३ हजार १३ पुगेको उनले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्