नेकपा र नेपाली काँग्रेस

सर्लाहीमा नेकपा र नेपाली काँग्रेसका कार्यकताबीच झडप, १८ घाइते

सर्लाही, १५ असार । सर्लाहीमा सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली काँग्रेसका कार्यकताबीच झडप हुँदा दुई पक्षका १८ जना घाइते भएको छ । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नगर प्रदर्शनको तयारी गरिरहेको बेला काँग्रेसका कार्यकर्ताले योजनाबद्धरुपमा आक्रमण गरेपछि नेकपाका १४ जना घाइते भएको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले दाबी गरे ।

घाइते १८ जनाको उपचार भइरहेको र एक जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए । घाइतेहरु सबैको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । झडपमा दुई जना प्रहरी समेत घाईते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार शेल टियर ग्याँस प्रहार गरेको थियो । स्थानीय अन्नपूर्ण चिनी उद्योगबाट चिनी निकासीको विषयमा केही साता अघिपनि दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्