FA-Cup

एफए कपको सेमिफाइनलमा युनाइटेड र चेल्सी अनि आर्सनल र सिटी सामना गर्ने

एफए कपको सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेड र चेल्सीबीच भिडन्त हुने भएको छ भने आर्सनलले साबिक विजेता म्यान्चेस्टर सिटीको सामना गर्नेछ । सेमिफाइनलमा प्रतियोगिताका तीन सबैभन्दा सफल टोली आमने सामने हुँदैछन् ।

आर्सनलले कीर्तिमानी १३ पटक यो उपाधि जितेको छ भने नर्विचलाई हराउँदै सेमिफाइनल पुगेको म्यान्चेस्टर युनाइटेडले १२ पटक यो प्रतियोगिता जितेको छ । लेस्टरलाई हराएको चेल्सीले ८ पटक यो उपाधि जितेको छ । सेमिफाइनल खेल १८ र १९ जुलाईमा वेम्बलेमा हुनेछ । फाइनल अगस्त १ मा सोही मैदानमा खेलाइनेछ ।

डिफेन्डिङ च्याम्पियन सिटीले न्युक्यासललाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो । आर्सनलले भने सेफिल्ड युनाइटेडलाई संघर्षपूर्ण खेलमा हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । यसअघि युनाइटेड र चेल्सी सन् २०१८ को फाइनलमा भिडेका थिए । उक्त खेल चेल्सीले जितेको थियो । एजेन्सी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्