सलह किरा

सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने गाउपलिकाको निर्णय

स्याङ्जा १५ असार। सलह किरा अहिले चिन्ताको बिषय बनेको छ यो किरा भारत हुँदै नेपाल पसेको हो र अहिले स्याङ्जामा पनि देखा परेको छ । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि किसान चिन्तित बनेका छन् ।

यसले धेरै खेतीबाली नोक्सान गर्ने हुँदा स्यांग्जा गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन सो निर्णय गरेको बताएका हुन्।

सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका उनको भनाइ थियो।

साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय विष्णु न्यौपानेले बताए अनुसार त्यहाका बासिन्दाले खेतबारीमा सलह किरा देखिएपछि खेती जोगाउनका लागि स्थानीयवासी यतिबेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह किरा धपाउन जुटेका छन् ।यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह किरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिइन।

सलह किरा जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई समेत सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले जानकारी दिए। किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनेको अर्यालले बताए।

यसै गरि सलह किरा लमजुङमा पनि प्रवेश गरेको छ। जिल्लाको सुन्दरबजार नगरपालिका–६ फेदिकुनामा आइतबार सलह किरा देखिएपछि । स्थानीयले सलह किरा प्रवेश गरेको जानकारी दिएका थिए। कृषि ज्ञानकेन्द्र कार्यालय लमजुङबाट कार्यालय प्रमुख रोहिणीराज घिमिरे, अर्थविज्ञ मदन रेग्मीलगायतका टोली अनुसन्धानका लागि पुगेका छन्।

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख घिमिरेले ले बताए अनुसार सलह किराजस्तै देखिएता पनि ठूलो समूहमा भने यो किरा आएको छैन, सलह यहाँ जम्मा १०-१२ वटा मात्र फेला परेको छ । उनका अनुसार यो किरा सलह किरा जस्तो देखिने भएपनि पुष्टि भने भइसकेको छैन।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्