TikTok Band

भारतले लगायो टिकटकमाथि प्रतिबन्ध

भारत सरकारले, चीन–भारतबीच तनाव बढ्दै जाँदा चिनमा बनेका एप्लिकेशनहरुमा रोक लगाएको छ। भारतले चीन उत्पत्ति थलो भएका टिकटक लगायत ५९ वटा मोबाइल एप्लिकेशनहरुमाथि प्रतिबन्ध लगाएको हो।

जसमा खासगरी टिकटक संसारभरी नै लोकप्रिय बन्दै गएको एप्लिकेशन मानिन्छ। टिकटक चलाउने प्रयोकर्तहरु भारतमा मात्रै करिब १० करोड सक्रिय छन्।

भारत सरकारले त्यहाँको सूचना प्रविधि कानूनको धारा ६९ए को प्रयोग गर्दै सो प्रतिबन्ध लगाएको हो। सो धारामा भारत सरकार वा उसका कुनै पनि अधिकार प्राप्त सरकारी पदाधिकारीलाई भारतको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय सुरक्षा, छिमेकीहरुसँगको सम्बन्ध तथा जनजीवनमा खलल पार्ने खालका लागेमा त्यस्ता कुराहरुमाथि प्रतिबन्ध लगाउन सकिने व्यवस्था छ ।

अब चाडैनै भारतमा गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट यी एप्लिकेसनहरु डाउनलोड गर्न नमिल्ने हुनेछन् । कसैले टिकटक लगायत प्रतिबन्धित एप्लिकेसनहरु प्रयोग गर्न खोजे भने पनि इन्टरनेट सेवा प्रदायकको तर्फबाट ‘सरकारको अनुराधेमा यी एप्सहरुसम्म तपाईंको पहुँच निषेध गरिएको छ’ आशयको सन्देश आउनेछ ।

टिकटकलगायतका मोबाइल एप्लिकेसनहरुमा प्रतिबन्ध लगाइएपछि भारतमा हज्जारौं भारतीयहरुले जागिर गुमाउने खतरा पैदा भएको छ । यो भारत सरकारको यो निर्णयले टिकटक प्रयोगकर्ताहरुलाई पनि चिन्ताको बिषय बनेको छ।

यी हुन् भारतमा पतिबन्ध लगाइने टिकटक एप्लिकेशनहरु सुची सहित :

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्