२० लाख बढीको सामान तथा नगद सहित २ जना प’क्राउ

२० लाख बढीको सामान तथा नगद सहित २ जना प'क्राउ

रौतहट, १८ असार । रौतहटमा प्र’हरीले २० लाख बढीको सामान तथा नगद सहित २ जनालाई प’क्राउ गरेको छ । प्रदेश २ जनकपुरबाट गएका सादापोषाकका प्र’हरी र जिल्ला प्र’हरी कार्यालय गौरको संयुक्त टोलीले एकजना हुण्डी कारोवारीलाई १० लाख सहित प’क्राउ गरेको हो भने ८ लाख बढीको म’दिरा सहीत एउटा ट्याक्टर बरा’मद गरेको हो ।

विशेष सूच’नाको आधारमा गएको संयुक्त टोलीले गौर नगरपालिका २ महादेव पटी नजिक बुधवार राति ८ बजे सोही वडाका २३ वर्षीय अभिनास जयसवाललाई १० लाख १ हजारसहित निय’न्त्रणमा लिएको छ ।

महादेवपटीबाट गौर बजारतर्फ आउने क्रममा बिआर ३० क्यु २५३३ नम्बरको मोटरसाइकलमा आइरहेका जयसवालले बोकेको झोला चे’कजाँ’च गर्दा उक्त स्रोत नखुलेको रकम बरामद भएको प्र’हरीले जनाएको छ ।

त्यसैगरी प्रदेश र जिल्लाको संयुक्त प्र’हरी टोलीले ईशनाथ नगरपालिका–३ स्थित एउटा ट्याक्टरमा भारततर्फ लगिरहेको ८ लाख बढी विभिन्न म’दिरा सहित एकजनालाई निय’न्त्रणमा लिएको छ ।

राजपुरबाट मठिया हुँदै ना ५ त २५५८ नम्बरको ट्याक्टरमा ८ लाख ५२ हजार बराबरको विभिन्न ब्राण्डको म’दिरा भारततर्फ लगिरहेका परोहा नपा ६ का सरोज पटेललाई बुधवार साँझ संयुक्त टोलीले निय’न्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक