अविरल बर्षाले निम्त्याएको पहिरोले १७ घर डुबानमा

बझाङ पहिरो

बझाङ, २० असार। बझाङको मल्लेस गाउँमा पहिरो जाँदा पहिरोमा पुरिएर ३ जनाको ज्यान गएको छ। जुन पहिरो मा ४ जना बेपत्ता छन्।

शुक्रबार अविरल बर्षाले निम्त्याएको पहिरोले पुरिदा ३ जनाको ज्यान गएको हो। बाकि ४ जना अझै बेपत्ता छन् । पहिरोले पुरिएर ज्यान गुमाउनेमा केदार स्युँ गाउँपालिका ८ का ४२ बर्षीय राममती देवी जेठारा उनका ११ बर्षिय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शव फेला परेको छ

अविरल वर्षाले अन्य क्ष्यति पनि निम्त्याएको छ। माथिबाट आएको पहिरोले १७ घर समेत डुबानमा परेका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ ।

स्थानीयले ३ जनाको शव समेत फेला पारिसकेको र अन्यको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्। क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

पहिरोले घर पुरिएर धनजनको क्षति भएको खबर प्राप्त भएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गणेश बमले बताए ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक