ओडा अधक्ष्य घाइते

मोटरसाइकलको ठक्करबाट वडाध्यक्ष वीरेन्द्र शाह घाइते

दाङ, २० असार। मोटरसाइकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–५ का वडाध्यक्ष वीरेन्द्र शाह घाइते भएका छन् ।

शाहलाई आज बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा ५ प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा घाइते भएका हुन्।

शाहको खुट्टामा गम्भीर चोट लागेको तुलसीपुर इलाका प्रहरीले बताएको छ। साथै मोटरसाइकल र चालकलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालका अनुसार शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्