उदित नारायण

उदित नारायणले मुख खोले, २२ वर्षसम्म ध’म्कीमा बाँचे, आ’त्मह’त्याको सोच समेत आयो

भारतीय फिल्म उद्योगमा आफ्नो ४० वर्ष पूरा गरिसकेका उदित नारायणले सन् १९८० मा उनको पहिलो फिल्म ‘उन्नीस बीस’ बाट फिल्म गायन यात्राको थालनी गरेका थिए । जसमा संगीत राजेश रोशनको थियो भने अमित खन्नाले लेखेका थिए । त्यो गीत उदित नारायणले मोहम्मद रफीसँग गाएका थिए ।

उद्योगमा ४० वर्ष पूरा गरेको खुसीयालीमा उदित नारायणले आफ्नो युट्युब च्यानल सार्वजनिक गरेका छन् । ४० वर्षको यात्रामा उनले दुई पटक पद्म पुरस्कार प्राप्त गरे । ५ पटक उनले फिल्म फेयर अवार्ड पनि जिते । उनले ४० वटा भाषामा गीत गाएका छन् । यी सबै उपलब्धि उनले सजिलै हासिल भने गरेका होइनन् ।

एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा उनले भने, ‘सन् १९८० देखि पहिलो काम पाउने सं’घर्ष अलग थियो । ६ देखि ७ व्यक्तिसँग मुम्बईमा एउटा कोठामा बस्थेँ । जुन सानो गाउँबाट आएको थिएँ त्यहाँ पिता किसान हुनुन्थ्यो । उहाँले डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्नुहुन्थ्यो तर लगाव भिन्न थियो ।

सं’घर्षका दिनमा मानिसहरुले भन्ने गर्दथे कि यो त अब कुनै कामको छैन । आफूसँग क्षमता हुँदासमेत मुम्बईका ठूला गीत सङ्गीतकारको ढोका ढक्ढकाएँ । बल्लबल्ल पहिलो काम पाएँ । त्यसपछि सन् १९८८ मा ‘कयामत से कयामततक’ नामको फिल्म आयो, त्यसपछि पछाडि फर्केर हेरेको छैन ।’

सन् १९९८ मा ‘कुछ कुछ होता हे’ बाट सफलता पाएपनि एउटा भिन्न सं’घर्ष सुरु भयो । लगातार ध’म्की आउन थाल्यो । ‘धेरै हावामा उडिस्’ भनिन्थ्यो । पैसाका लागि फोन आउन सुरु भयो । कामसमेत छोडिदिन भनियो । एउटा समूह थियो जसले मेरो नामको सुपारी दिएको थियो, जो मेरा कामका लागि असुरक्षित महसुस गरिरहेका थिए । यस्तो अवस्थामा मुम्बई क्रा’इम ब्रान्चले मलाई लगातार सहयोग गर्यो ।

सुरुमा सन् १९९८ मा तत्कालीन पु’लिस कमिश्नर एम एन सिंहले मलाई दुई प्र’हरी अधिकारी दिए । पछि जब राकेश मारिया आए उनले पनि स’तर्क रहन भने । उनले पनि मलाई सु’रक्षा प्रदान गरे । यो सबै कुरा प्र’हरीको दस्तावेजमा रेकर्ड छ ।’

एक समय लखनउबाट मेरो नामको सुपारी लिएका केही मानिस आएका थिए । त्यतिबेला प्र’हरीले स्थिती नि’यन्त्र’णमा लियो । अर्को एक पटक पनि ममाथि ह’म’ला गर्ने तयारी भएको थियो । मैले सन् १९९८ देखि २०१९ सम्म ध’म्कीयु’क्त फोन पाएँ । कतिपटक त ह’त्या गरिदिने ध’म्की पनि पाउने गर्थेँ । गा’ली गलौ’ज त हरेक फोनमा पाउँथे ।’

उनले भने, ‘भाइ, त्यस्तो केही होइन, खासै राम्रो कमाई छैन, एउटा गीतमा १५ देखि २० हजार भारु कमाउँछु’ भनेर सम्झाउनु पर्दथ्यो । तर कसैले सुनेनन् । लगातार २२ वर्ष मैले ध’म्की सुनेर बिताएँ ।’

ध’म्की दिनेहरुको मुख्य उद्देश्य मलाई त’नाव दिनु थियो । मैले आफ्नो राम्रो गर्न नसकोस् भनेर उनीहरुले मलाई तना’व दिने गर्दथे । सुरुसुरुमा मलाई पक्कै पनि ड’र लाग्थ्यो । थुप्रै रात ननिदाइकनै बित्थे । कतिपटक डिप्रे’शनमा गएँ । आ’त्मह’त्या सम्मको विचार आयो, तर एक सै’निकले झैं डटिरहेँ ।’

‘जीवन सजिलो त छैन । सम’स्याको समाधान कहिले निडर भएर गरेँ कहिले नरम भएर । प्र’हरीबाट पनि सहयोग पाइरहेँ पहिलो चरणमा सन् १९९८ देखि सन् २००२ सम्म मसँग दुई मेसिन ग’नधा’री प्र’हरी अधिकारी सँगै रहन्थे । ’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्