व्यापारी शंकर कुरहादे

सामाजिक संजालमा चर्चा छ त केबल सुनको मास्क लगाउने यि ब्यक्तिको

को’रो’ना प्र’को’पबाट बच्न मास्क अनिवार्य गरिएको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले मास्क प्रयोग गर्न पनि मापद’ण्ड तयार पारेको छ । तर भारतका एक व्यापारीले भा’इर’स बाट बच्न सुनको मास्क नै लगाएका छन् ।

४ लाख ७७ हजार नेपाली रुपैयाँमा उनले मास्क खरिद गरेका हुन् जहाँ सुन जडान गरिएको छ । सुन जडित उक्त सुनौलो मास्क बनाउन ८ दिन लागेको बताइएको छ। यस्तो सौख प्रस्तुत गर्ने व्यक्ति हुन भारत महाराष्ट्रस्थित पुनेका व्यापारी शंकर कुरहादे । उनी गहनाका सौखिन हुन् । शरीरभर विभिन्न गहनाहरु लगाएरै हिंडछन ।

व्यापारी शंकर कुरहादे
Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2020-07-04 21:36:46Z | |

४९ वर्षका उनले झन्डै एक केजी बराबरको सुन शरीरमा पहिरिएका छन् । औंठी, ब्रासलेट, नेकलेस सुनकै लगाएका उनले मास्क पनि सुनकै लगाएका हुन्। ‘यो मास्क पातलो छ भने यसमा स-साना प्वालहरु छन्, जसले मलाई श्वास फेर्न सहयोग गर्छ,’ ती व्यवसायीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीलाई भनेका छन् ।

‘मलाई यकिन छैन कि यसले को’रो’ना भा’इर’सको सं’क्र’मण हुनबाट जोगाउँछ वा जोगा’उँदैन, तर मैले यसबारेमा अन्यबाट सुझाव पनि लिइरहेको छु,’ शंकरले भने । हाल उनीसँग मानिसहरु सेल्फी खिचाउन रुचाउँछन्। सामाजिक संजालमा उनको तस्बिरहरु भाइरल भइरहेका छन् । एजेन्सी

व्यापारी शंकर कुरहादे

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्