hospital

स’ङ्क्र’मण उच्च देखिएको ठाउँका स्वास्थ्य संस्था बन्द, चिकित्सक आ’न्दोल’नमा

महोत्तरी, २४ असार । भारतसँग सीमा जोडिएको महोत्तरीको सम्सी गाउँपालिकामा को’रो’ना स’ङ्क्र’मण उच्च देखिएको छ तर त्यहाँ एक प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्यचौ’की सहितका सरकारी स्वास्थ्य संस्था भने पछिल्लो १० दिनदेखि ब’न्द छन् । स्वास्थ्य संस्थाका चिकित्सक र स्वास्थ्यकर्मीले यही असार १४ गते नै को’रो’ना अभियानमा खटेवापतको जोखिम भत्ता पाउनुपर्ने माग राख्दै कामकाज ठ’प्प पारेपछि यहाँ सर्वसाधारणले स्वास्थ्य परामर्श र कुनै उपचार सेवा पाउन सकेका छैनन् ।

सम्सी क्षेत्रको दक्षिणी करिब सात किलोमिटर दूरीमा भारतसँग खुला सीमा छ । जिल्लामा अहिलेसम्म (मङ्गलबारसम्म) को’रो’ना स’ङ्क्र’मित ७८४ मध्ये २७५ त सम्सीकै छन् । असार लागेयता ल’कडा’उन खुकुलिँदै जाँदा सीमा क्षेत्रमा निर्वाध आवागमन बढेको छ तर चिकित्सक र स्वास्थ्यकर्मी काममा नहुँदा सीमामा ज्व’रो हेरिदिने समेत कोही नहुँदा सर्वसाधारणमा को’रो’ना म’हामा’री अझ फैलने त्रा’स बढेको छ । जिल्लाभरिका १५ स्थानीय तहमा रहेका कूल ९५ क्वा’रेन्टि’न केन्द्रमध्ये १८ सम्सीमै छन् । अहिले चिकित्सक र स्वास्थ्यकर्मीले जो’खिम भत्ताको माग गर्दै कामकाज ठ’प्प पारेपछि केन्द्रहरुमा सामान्य सोधपुछ गर्ने कोही नहुँदा अवस्था भद्रगोल बनेको छ । असार १४ गते स्वास्थ्य संस्था ब’न्द गराएका चिकित्सक र स्वास्थ्यकर्मीले असार १७ गते गाउँपालिकाको कार्यालयमा समेत ता’लाब’न्दी गरेर कामकाज ठ’प्प पारेका छन् ।

दुई साता पहिलेसम्म यहाँका क्वा’रेन्टि’न केन्द्रमा दुई हजारभन्दा बढी भारतबाट आएकाहरु राखिएका थिए । क्वा’रेन्टि’नमै रहेकामध्ये अहिले सबै स्वास्थ्य संस्था ता’लाब’न्दी गरेर चिकित्सक र स्वास्थ्यकर्मीले कामकाज ठ’प्प पारेपछि भारतसँग बाक्लो ओहोरदोहोरको यो गाउँपालिकामा महामारी बढ्न सक्ने सर्वसाधारणमा त्रा’स बढेको हो । “यहाँका स्वास्थ्य संस्थामा ता’ला झु’ण्डि’एका छन्, सीमामा आउने/जानेको लर्को छ।” सम्सीचोकमा स्थानीय शेष इस्लामले भने, “हाम्रो ठाउँ को’रो’ना स’ङ्क्र’मणले गाँजेको ठाउँ हो, अहिले यहाँ नाडी छामिदिने र ज्वरो नापिदिने कोही छैनन्, खै अब के हुने हो ?”

यता चैत ११ गते सरकारले ल’कडा’उन घोषणा गरेसँगै सम्सी गाउँपालिकाले चिकित्सक र स्वास्थ्यकर्मीलाई दैनिक रु एक हजार जो’खिम भत्ता उपलब्ध गराउने निर्णय गरे पनि आँफुहरुले सो भत्ता नपाएको प्राथमिक स्वास्थ्य केन्द्र सम्सीका मेडिकल अधिकृत डा रविन मण्डल बताउँछन् । “हामीले भत्ता नपाएको कुरा लिखितरूपमै जिल्ला प्रशा’सन कार्यालयलाई जानकारी गरायौँ”, डा मण्डलले भने, “ज्यान जो’खिममा हालेर दिनरात नभनी काम ग¥यौँ, तर गाउँपालिकाले निर्णय गरेको जो’खिम भत्ता पाएनौँ, अनि कसरी काममा जाँगर चल्छ ?” गाउँपालिकाको पर्सादेवाड, गैढाभेटपुर, पोखरभिण्डा र लक्ष्मीनियाँ बैरगियाका स्वास्थ्यचौकीका प्रमुख (इञ्चार्ज)हरुले पनि निर्णीत भत्ता नपाए काम शुरु नगरिने बताएका छन् । यद्यपि यस अवधिको तलब भने लिइएको सबैको स्वीकारोक्ति छ ।

गत फागुन मसान्तमा भारतबाट घर फर्कने बाक्लिन थालेसँगै चैत १ गतेदेखि नै सम्सीका तीन ठाउँमा हेल्थडेस्क स्थापना गरेर दिनरात नभनी काम थालिएको चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ । त्यसलगत्तै चैत ११ गते ल’कडा’उन घोषणा भएसँगै गाउँपालिकाले जो’खिम भत्ता दिने निर्णय गरेपछि त्यसको उत्साहले दिनरात नभनी काम गरे पनि अहिले भत्ता नपाउँदा मन मरेको चिकित्सक र स्वास्थ्यकर्मी बताउँछन् । खासमा गाउँपालिका अध्यक्ष शेष फारुखले भत्ता दिन आदेश दिए पनि प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले आलटाल गरेर भत्ता नदिएको पर्सादेवाड स्वास्थ्यचौकीका इञ्चार्ज सुखचन्द्र यादवले बताए ।

सम्सीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीसहित ४० जनाको गत चैतदेखि हालसम्मको जो’खिम भत्ता रु ४८ लाख हुने देखिन्छ । यसबाहेक नियमित खोप भत्ता, भिटामिन ‘ए’ राष्ट्रिय अभियान, स्वयंसेविकाको प्रोत्साहन भत्ता, प्रसूति भत्ता र पारिवारिक खर्च विवरणको रकम (समायोजन र सरुवामा परेका कर्मचारीले परिवार सङ्ख्याका आधारमा पाउने रकम) सहित रु ६८ लाख गाउँपालिकाले दिनुपर्ने रकम रहेको चिकित्सक र स्वास्थ्यकर्मीको जिकिर छ ।

गाउँपालिकाका अध्यक्ष फारुख पनि चिकित्सक र स्वास्थ्यकर्मीको माग जायज रहेको बताउँछन् । “आप’त्का बेला ज्या’न हत्केलामा राखेर काम गरेका स्वास्थ्यकर्मीको भत्ता दिनु नै छ, तर प्रमुख प्रशासकीय अधिकृत सम्पर्कमै आउनुभएको छैन” अध्यक्ष फारुखले भने, “हामीले त निर्णय गर्ने हो, त्यो गरिसकेका छौँ, तर रकम त प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले दिन प¥यो नि ।” यता कार्यालयमा नभेटिनुभएका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले भने जिल्लाका सञ्चारकर्मीले गरेका फोन (मोबाइल नम्बरमा) नै उठाएका छैनन् ।

भारतीय सीमावर्ती महोत्तरीको सम्सी गाउँपालिकाका सबै सरकारी स्वास्थ्य संस्था ता’लाब’न्दी भएपछि सेवाग्राहीको सा’स्ती बढेको छ । चार स्वास्थ्यचौकी र एक प्राथमिक स्वास्थ्य केन्द्रसहित पाँच सरकारी स्वास्थ्य संस्था रहेको सम्सीमा चिकित्सक र सबै स्वास्थ्यकर्मीले जो’खिम भत्ता नपाएको भन्दै कामकाज ठ’प्प पारेपछि स्वास्थ्य सल्लाह र उपचार सेवा नपाएर यहाँका सर्वसाधारण मर्कामा परेका छन् । खासमा नियमित जाँच र परामर्श लिइरहनुपर्ने गर्भवती महिला, सुत्केरी र नवजात शिशु, प्रसूति सेवा नपाउँदा है’रानी बढेको छ ।

मध्य असारसँगैको लगातारको वर्षाले सम्सीबाट जिल्ला सदरमुकाम जलेश्वर र सम्सी–जनकपुर सडक ठाउँठाउँमा भत्का’एपछि यी सडकमा यातायात अवरुद्ध छन् । यसै बेला स्वास्थ्यकर्मीको आ’न्दोल’नले तत्काल पाउनुपर्ने स्वास्थ्य सेवाबाट सर्वसाधारण वञ्चित भएका छन् भने क्वा’रेन्टि’न केन्द्रमा रेखदेख गर्ने कोही स्वास्थ्यकर्मी छैनन् । “सबै बाटाघाटा ब’न्द छन्, केही परिहाले अन्यत्रका अस्पतालसम्म पुग्ने बाटो छैन”, सम्सीचोककै एक व्यापारीले भने, “खै चिकित्सक आ’न्दोल’नमा छन्, अरु निकायले चा’सो राखेका देखिँदैन ।” यसबीचमा गाउँघरमा बिरामी परेकाहरु ह’ण्ड’र खेप्दै पैदलै सीमावर्ती भारतका विभिन्न अस्पतालमा जानुपरेको सर्वसाधारणको गुनासो छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल भत्ताकै लागि कामकाज ठ’प्प पार्नु ग’लत भएको बताउँछन् । “गाउँपालिकाबाट निर्णय भएको रहेछ, त्यो भत्ता उहाँहरुले पाउनुपर्छ”, प्रजिअ कटुवालले प्रश्नात्मक शैलीमा भने, “तर सरकारी तलब खाएका चिकित्सक र स्वास्थ्यकर्मीले भत्ता नपाएको नि’हुँमा यस्तो आप’त्का बेला कामकाज ठ’प्प पारेर ता’लाब’न्दी गर्न मिल्छ ?” आँफुले चिकित्सक र स्वास्थ्यकर्मीको ज्ञा’पनपत्र बुझेपछि यसबारे समन्वय गरिदिने बताएर तत्काल काम सञ्चालन गर्न गरेको आग्रहलाई अटे’र गरिएको प्रजिअ कटुवालको भनाइ छ । सर्वसाधारण जनताको स्वास्थ्यसँग खे’लवा’ड गर्ने छुट कसैलाई नभएको बताउँदै प्रजिअ कटुवालले चिकित्सक र स्वास्थ्यकर्मी तुरुन्तै निःशर्त काममा नफर्किए का’रवा’ही प्रक्रिया अघि बढाइने स्पष्ट पारे ।

मुस्लिम, सीमान्तकृत जातजाति समुदाय र गरिब वर्गको सघन बसोबासको सम्सी गाउँपालिकामा सबै सरकारी स्वास्थ्य संस्था ब’न्द भएपछि सामान्य प्रकृतिका बिरामी पनि १० किलोमिटर दूरीको भारतीय बजार परिहार जानुपरेको छ । कतिपयले त परिआएको स्वास्थ्य समस्या खपेरै सहेर बसेका सम्सीकै गैढाभेटपुरका युवा मनोज झा बताउनुहुन्छ । यसैबीच सम्सीका आम सर्वसाधारणले तत्काल यस सम’स्यामा चासो बढाएर प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकी खोल्न र सेवा सञ्चालन गराइदिन स्थानीय तह र स्थानीय प्रशासनसहितका सम्बन्धित सबै निकायको ध्यानाकर्षण गराएका छन् । रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्