प'हिरो

प’हिरो आउँदा आठ परिवार वि’स्थापित

डोटी, २४ असार । तीन दिनदेखिको लगातारको वर्षाका कारण प’हिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार वि’स्थापित भएका छन् । जिल्ला प्र’हरी कार्यालय डोटीका प्र’हरी प्रमुख तथा प्र’हरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी वर्षाका कारण उक्त गाउँको बस्ती माथिबाट प’हिरो आएपछि आठ परिवारका ४० सदस्य घरबार छोडेर वि’स्थापित भएका हुन् ।

प’हिरोका कारण वि’स्थापित परिवारका सदस्य पाल टाँगेर बस्न बाध्य छन् । गाउँ माथिबाट प’हिरो आएपछि प’हिरोमा च्या’पिने ड’रले उनीहरू घरबार नै छाडेर वि’स्थापित भएको स्थानीयवासी तेज डुम्रेलले जानकारी दिनुभयो । “गाउँ माथिबाट प’हिरो आएपछि आठ परिवारका ४० जना वि’स्थापित भएका छन्, उनीहरुलाई सुरक्षित बासस्थानका लागि सम’स्या भएको छ”, उनले भने ।

बाढी प’हिरोबाट वि’स्थापित परिवारलाई स्थानीय सरकारले समयमै व्यवस्थापन गर्नुपर्ने प’हिरो पी’डितमध्येका एक नरबहादुर ओलीले बताए । उनले भने, “अविरल वर्षासँगैको प’हिरोले घरनै पु’र्ने ड’रले हामीहरु चौपाया, खाद्यान्न सरसामान छाडेर आफन्तको घरमा सरेका छौँ, अब हाम्रो व्यवस्थापन गर्न ढिलो गर्नु भएन ।”

गाउँमाथिको पूरै जमीन फा’टेका कारण सिर्मा गाउँका अन्य ६० भन्दा बढी घरपरिवार प’हिरोको उच्च जो’खिममा रहेको उहाँले जानकारी दिए । बर्सेनि बा’ढी प’हिरोका कारण सायल गाउँपालिकामा स्थानीयले अका’लमै ज्यान गु’माउने गरेका छन् । रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्