राशिफल - rasifal

तपाईंको आज : २०७७ असार २६ शुक्रवारको राशिफल

२०७७ असार २६ शुक्रवार
Jul 10, 2020
पञ्चमी

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रेममा सफलता प्राप्त हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । घरायसी प्रयोजनका र भोगविलाससँग सम्बद्ध सामाग्रीको किनमेल गरिने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । स्वास्थ्य राम्रो रहने छ । रात छिप्पिंदै जाँदा के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पदासीन व्यक्तिको सहयोग जुट्नेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। भोग–विलासमा मन जाने हुँदा फजुल खर्च बढ्न सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मध्यान्हबाट कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहिर आउन सक्ने हुनाले सजग रहनु पर्नेछ । श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजा कमजाेर देखिनाले नयाँ काममा अलमल हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न केही विलम्ब हुनेछ। तापनि मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
लगनशीलताले नयाँ स्थानका साथै काम गर्ने अवसरसमेत दिलाउनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायीक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्ने आँट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले खानपान तथा मौसमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वाससम्बन्धि समस्या आउन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
राजनैतिक र सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
हडबडी गर्दा काम बीचमा काम रोकिन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। सुरुमा चुनौती देखिए पनि पछि लाभ हुने काम गर्न सकिनेछ। अरूको मुख ताक्ने बानीले भने केही पछि परिएला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काम गर्दा विशेष सावधानी अपनाउनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमी हुनेछ । बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । बिहानको समय राम्रो रहेको पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्