राशिफल - rasifal

तपाईंको आज : २०७७ साउन २६ सोमवारको राशिफल

२०७७ साउन २६ सोमवार
Aug 10, 2020
सप्तमी

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाइनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । व्यापार व्यवसायमा सामान्य वृद्धि हुनेछ । पानी, खाद्यान्न जस्ता उद्योग तथा व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । विद्यामा तपाईंले गरेको मिहिनेत खेर जानेछैन ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
कामको चाप बढ्नेछ। प्रक्रिया नपुग्नाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको उपलब्धि मध्याह्नपछि प्राप्त हुनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भाग्यले विभिन्न अवसर जुराउनेछ भने मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुसी भएको महशुस गर्नेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहको छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
साथीभाइसँग सम्बन्ध चिसिनाले समस्या उत्पन्न हाेला। काम बिग्रने डरले सताउनेछ। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। मध्याह्नपछि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यबाधा हुनाले काममा लामो समय जुट्न नसकिएला। बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रयत्न गर्दा लक्ष्यअगावै काम सम्पादन हुनेछ। मिहिनेतले चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। प्रतिष्ठित काम सम्पादन गर्ने मौका प्राप्त हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साहसिलो काम गर्ने जोसजाँगर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलब्धी हासिल गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच मायाको गाँठो कसिलो भएर जानेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभाव देखापर्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। मध्याह्नपछि आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। स्वास्थ्य र सुमधुर सम्बन्धका लागि सजग रहनुहाेला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा लाभ हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्तत: आफैंलाई फाइदा हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्