पूजा शर्मा

चलचित्रमा अभिनय गरेको कमाईबाटै काठमाडौंमा दोस्रो घर बनाउँदैछिन् पूजा

पूजा शर्मा यो नाम सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत’ भन्दा अगाडि खसै चर्चामा थिएन । जब ‘प्रेमगीत’ आयो त्यस्पछी भने उनले पछाडि फर्केर हेर्नु परेन । यो फिल्मभन्दा अगाडि पनि उनले ‘थ्रि लभर्स’, ‘मधुमास’ र ‘चंखे शंखे पंखे’ फिल्ममा काम गरेकी थिइन् । तर, यी कुनै फिल्मले उनलाई अभिनेत्री रुपमा चिनाउन सकेका थिएनन् । सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ भने उनको करिअरको टर्निङ पोइन्ट सावित भयो ।

फिल्म ‘म यस्तो गीत गाउँछु’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेकी उनी अहिलेकी सर्वाधिक डिमान्डेड र महँगी अभिनेत्रीमध्ये एक हुन् । ‘प्रेमगीत’ पछि सुदर्शन क्याम्पभन्दा बाहिरका फिल्म नगरेकी पूजाले डेढ वर्षयता महँगो पारिश्रमिक बुझेर लगातार बाहिरी ब्यानरका फिल्ममा काम गरिरहेकी छन् । ‘पोइ पर्‍यो काले’ मा उनले २० लाख पारिश्रमिक बुझेको बताइन्छ । त्यस्तै, ‘सम्हालिन्छ कहिले मन’ मा १५ लाख, ‘सम्झना विर्सना’ मा २० लाख र ‘मन परेसी’ मा उनले २५ लाख पारिश्रमिक लिएको चर्चा छ ।

अहिले धेरैको मनमा उब्जेको प्रश्न छ, ‘रामकहानी’ अघिसम्म वर्षमा एउटाभन्दा बढी फिल्म नगर्ने पूजा अहिले हातमा आएका प्रोजेक्ट कुनै फुत्काइरहेकी छैनन् । आखिर किन ?

धेरै यसको कारण जान्न इच्छुक छन् । बुझिए अनुसार, अहिले उनी ललितपुरको एकान्तकुनामा दोस्रो घर बनाइरहेकी छन् । लकडाउनको समयमा पनि उनको घर निर्माणको काम रोकिएको छैन । उनले तीन तल्लाको घर बनाउन लागेकी हुन् ।

मंगलवार पूजाले इन्स्टाग्राम स्टोरीमा घर निर्माणको एक भिडियो शेयर गरेकी छन् । दशैंभित्र उनी नयाँ घरमा सर्ने योजनामा रहेको जानकारी प्राप्त छ । उनले घर बनाउनकै लागि बाहिरी ब्यानरका फिल्ममा महँगो पारिश्रमिक लिएर काम गरिरहेको चर्चा छ । यद्यपि, यस विषयमा पूजाले मुख खोलेकी छैनन् । उनले कथावस्तु राम्रो लागेर फिल्ममा काम गर्ने गरेको बताउने गरेकी छन् ।

पूजा शर्मा
पूजा शर्मा
पूजा शर्मा

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्