राजस्व छली

७७ करोड राजश्व चुहावट गरेको अभियोगमा मु’द्दा दायर

काठमाडौं, २५ असार। भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध रु ७७ करोड चार लाख बिगो कायम गरी उच्च अदालतमा मु’द्दा दायर गरिएको छ ।

उनीहरुविरुद्ध बिगो असुल गरी सोहीबराबरको जरिवाना र कै’द स’जायको माग दाबीसहित राजश्व अनुसन्धान विभागले बुधबार उच्च अदालत पाटनमा मु’द्दा चलाएको हो ।

झुठा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजश्व छली गर्ने न्यूकोइराला ब्रदर्स इन्टरप्राइजेजले रु एक करोड ७० लाख १९ हजार बिगो कायम गरी उक्त बिगो असुलउपर गरी गराई जरिवाना र कै’दको माग दाबीसहित बुधबार मु’द्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताउनुभयो ।

यस्तै काठमाडौँ महानगरपालिका महाबौद्धमा ठेगाना राखी कारोवार गर्ने समर ट्रेडर्सले पनि राजश्व चुहावट गरेको भेटिएको छ । राजश्व छली गरेको अभियोगमा रु चार करोड ५८ लाख बिगो असुलउपर गरी जरिवाना एवं कै’द सजायको माग दाबी लिई मुद्दा दर्ता गरिएको छ ।

विदेशबाट मोबाइललगायत इलेक्ट्रोनिक्स सामान चोरीपैठारी गरी राजश्व चुहावट गरेको कसूरमा काठमाडौँको टोखास्थित ग्राण्डी अपार्टमेन्टमा बस्ने मयुर मालाकारसमेत दुई जनाविरुद्ध रु ४३ करोड १८ लाख बिगो कायम गरी जरिवाना र कै’द सजायको मागदाबी लिई उच्च अ’दालत पाटनमा मु’द्दा चलाइएको मैनालीले बताउनुभयो ।

यस्तै झुठा तथा नक्कली मूल्य अभिवृद्धिकरको बिजक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौँ महानगरपालिका–४ मा रहेको जिमी ग्रुप प्रालिले राजश्व चुहावट गरेको अभियोगमा रु १८ करोड बिगो बराबरको राजश्व छलेको पाइएको छ ।

ललितपुर महानगरपालिका–३ स्थित न्यूक्रियसन इम्पेक्स प्रालि, बङ्गलामुखी ट्रेड एण्ड सप्लाई र काठमाडौँ महानगरपालिका २८ स्थित बिएस ट्रेड इन्टरनेशनलले नौ करोड बिगो बराबरको राजश्व चुहावट गरेको अभियोग छ ।

उक्त कम्पनीविरुद्ध जरिवाना एवं कै’द सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मु’द्दा दर्ता गरिएको विभागले जनाएको छ। रासस

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्