काठमाडौं

काठमाडौंमा धमाधम घर खालि हुँदै – सस्तोमा पाइन थाले कोठाहरु पनि

काठमाडौं, २५ असार । कोरोना संक्रमण सुरू हुनुअघि काठमाडौं उपत्यकामा कोठा पाउन साह्रै कठिन थियो । तर, लकडाउन भएको १ सयभन्दा धेरै दिन भएपछि काठमाडौं उपत्यकामा पसल र कोठाहरु खाली हुन थालेका छन् । कोरोनाको कारणले व्यापार नभएको र भाडामा बस्नेहरुको पनि काम नभएको कारणले कोठा र सटर छाड्न थालेका छन् । लकडाउनको कारणले काठमाडौंमा भोकै परिएला कि भनेर गाउँ फर्कनेकाे संख्या बढेकाे छ ।

लकडाउन सुरु भएको चार महिना हुँदा सम्म पनि सार्वजनिक सवारी साधन संचालन हुन सकेका छैनन् । काठमाडौं छोडेकाहरु पनि फर्कन पाएका छैनन् भने काठमाडौंमै भएकाहरुको पनि रोजगारी गुमेको छ ।

काठमाडौंका कोठाहरु खाली हुनथाले पछि घरधनीले सस्तोमा नै कोठा भाडामा दिन थालेका छन् । सस्तोमा कोठा पाइने भएपछि महंगो भाडा लिएकाहरुले पनि कोठा छोड्न थालेका छन् । काठमाडौंको विभिन्न स्थानमा महंगोमा बस्नेहरु त्यही बराबरको कोठा सस्तोमा फेला पारेको बताएका छन् । उनीहरुले सस्तो कोठामा आफुहरु सरेको बताएका छन् । लकडाउन अघि सम्म काठमाडौंको कलंकी स्थित मैत्रीनगर बस्ने राजु बलामीले ३ वटा कोठा २० हजारमा लिएका थिए । तर लकडाउन पछि नजिकै त्यती नै कोठा १२ हजार रुपैयामा पाएपछि त्यतै सरेको बताएका छन् । भाडामा बस्ने कोठा मात्र होइन पसल गर्ने सटर पनि खाली हुन थालेपछि घर धनीले सस्तोमै उपलब्ध गराउन थालेका छन् । पसल ब्यवसाय छोड्नेहरुको लहर चलेपछि यस्तो अवस्था आएको हो ।

बालाजु बस्ने रामबहादुर मगरले ३ वटा कोठा २० हजारमा लिएका थिए । तर, लकडाउनको कारणले उनले आफु बस्ने नजिकै ३ वटा कोठा १२ हजारमा पाए । ‘लकडाउनले गर्दा पहिले बसेको भन्दा ठूलो कोठा सस्तोमा पाए, अहिले धेरैतिर कोठा खाली भैरहेका छन्, पहिले घरधनीले भनेको जति भाडा तिर्दा पनि राम्रो कोठा पाउन सकिदैन थियो तर अहिले रोजेर कोठा छान्न पाइएको छ,’ बलामीले भने । काठमाडौंमा कोठा मात्रै हाेइन, सटरहरु पनि खाली हुन थालेका छन् । व्यापार गर्ने व्यापारीहरुले व्यापार नभएपछि सटर छाड्न थालेका हुन् । उपत्यकाभरि नै कोठा खाली हुन क्रम सुरु भएको छ । काठमाडौंको कलंकी, कालिमाटी, बल्खु, टेकु, थापाथली, सतुंगल, नयाँबजार, कीर्तिपुर, धोबिघाट, तिनकुने, जडिबुटी, बलाजु र थानकोट लगायतका स्थानमा कोठा खाली हुन थालेका छन् ।

यसरी कोठा भाडा सस्तो बनाउनुपर्ने भएपछि काठमाडौंका घरधनीहरुको भने चिन्ता थपिएको छ । ठूलो लगानी लगाएर भाडाकै लागि बनाइएका घर खाली हुन थालेपछि बैंकमा लिएको ऋणको ब्याज कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको घरधनीहरुले बताएका छन् ।

काठमाडौं

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्