मौषम

बर्षा अझै नरोकिने यि स्थानमा अझै जोखिम रहने

काठमाडौं, २६ असार । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद्को भनाइ छ ।

मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले जमिन गली सकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको बताइएको छ । विशेष गरी प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिन कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदीमा बहाव सतर्कता आसपास र केहिमा खतरा तहसम्म पुग्न सक्ने बताएको छ

आज प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, खोटाङ, ओखलढुङगा, प्रदेश २ को सबै जिल्लाहरु, बागमती प्रदेश को दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काठमाण्डौ उपत्यका, गण्डकी प्रदेशको नवलपरासी, लम्जुङ, तनहूँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ र आसपास जिल्ला तथा प्रदेश ५ को तराईको जिल्ला भइ बहने स–साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको तथा भारतीय सीमा आसपास भारी वर्षाको पुर्वानुमान रहेकाले डुवान भइरहने होचा स्थान र नदीतटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।

मौसम

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्