‘यस्तो बनोस् मेरो तीज

‘यस्तो बनोस् मेरो तीज’ बोलको गीतमा प्रिज्मा र प्रिन्सीसँग बलेको रोमान्स

गायिका तथा संचारकर्मी अनिता चलाउनेले हरेक बर्ष जस्तै यो बर्ष पनि तीज गीत सार्वजनिक भएको छ । उनले यो बर्ष ‘यस्तो बनोस् मेरो तीज’ बोलको गीत भिडियो सहित ल्याएकी हुन् ।

गीतमा बिपिन किरणको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । पुरुशोत्तम सुबेदीले संगीत संयोजन गरेको गीतको अडियो मास्टरिङ्ग श्यामसोयत रसाइलीले गरेका हुन ।

भिडियोमा जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा कलाकार सागर लम्सालको अभिनय देख्न सकिन्छ । गम्भिर बिष्टको निर्देशन रहेको भिडियोलाई सुबोल थापा छायांकन गरेका हुन भने सम्पादन नबिन निरौलले गरेका हुन ।

नेपालको मौलिक चाड हरितालिका तीजको मर्म अनुसारको गीत तथा भिडियो आफुले बनाएको गायिका अनिताले बताइन् । यस अगाडि ‘विदेशको पिआर छ’ बोलको हिट गीत दिएकी अनिताले यो गीत पनि हिट हुने आस गरेकी छन् ।

गीतको पुरै भिडियो हेर्नुहोस् :

‘यस्तो बनोस् मेरो तीज
‘यस्तो बनोस् मेरो तीज

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्