बिबादित सन्दीप क्षेत्रीले मधेसी समुदायसँग मागे माफी

सन्दीप क्षेत्री

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘ह्वाट द फ्लप’का संचालक सन्दीप क्षेत्रीले माफी मागेका छन् । कार्यक्रम मार्फत मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्याउने खालको प्रस्तुति गर्दै आएको आरोप सहित क्षेत्रीविरुद्ध उजुरी परेपछि उनले माफी मागेका हुन् ।

बिहीवार कमेडी कार्यक्रम ‘ह्वाट द फ्लप’को सुरुवातमै उनले कार्यक्रममा प्रसारित साम्रग्रीले मधेसी समुदायको भावनामा चोट पुग्न गएकोप्रति आफू दुःखी रहेको बताएका हुन् । उनले कार्यक्रम ‘ह्वाट द फ्लप’ विशुद्ध मनोरञ्जनात्मक भएको बताउँदै दर्शकको सल्लाह अनुरुप कार्यक्रममा प्रस्तुत हुने साम्रग्री परिमार्जन गरिने बताए ।

‘कार्यक्रमलाई यहाँसम्म ल्याइ पुर्याउन तपाईं दर्शकहरुकै सल्लाह–सुझावले काम गरेको छ’ सन्दीपले कार्यक्रममा भनेका छन् ‘तपाईंहरुको सल्लाह र सुझाव अनुरुप नै आफूलाई परिमार्जित गरेर लैजानको निमित्ति ‘ह्वाट द फ्लप’ तथा कान्तिपुर टेलिभिजनका कुनै पनि कार्यक्रम हरदम तयार छन् ।’

‘ह्वाट द फ्लप’ सो मार्फत उनले भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरी ७ वर्षपछि नागरिकता पाइने व्यवस्थापन लागू हुँदा तराई मधेसमा भइरहेको विरोध प्रदर्शनबारे अभिनय गरेका थिए । सो अभिनयले मधेसी महिलाको अस्मितामा चोट पुर्‍याएको भन्दै उनको विरोध गरिएको थियो।

उनीविरुद्ध वीरगंजका युवा ओमप्रकाश सरार्फले उजुरी समेत दिएका थिए । ‘ह्वाट द फ्लप’ कार्यक्रममा मधेसीको मान तथा स्वभिमानमा आँच पुर्‍याउने गरि कार्यक्रम उत्पादन गरेको हुँदा त्यसको विरुद्ध उजुरी दिएको सरार्फले बताएका छन् ।

सन्दीप क्षेत्री

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक