बैंक

बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन व्यवसायीको माग

काठमाडौं, २७ असार । व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी को’भिड–१९ को कारण व्यापार व्यवसाय धराशायी बन्दै गएको भन्दै सरकारले सहुलियत स्वरुप व्यवसायीलाई बन्दाबन्दी अवधिभर बैंकको ब्याजदरमा शतप्रतिशत छुट दिन माग गरेका हुन् ।

महासंघका अध्यक्ष नरेश कटुवालले बैंक तथा वित्तीय संस्थाको किस्ता तथा ब्याज तिर्ने भाका कम्तीमा एक वर्ष पछाडि सार्न माग गरेका छन् ।

“बन्दाबन्दी अवधिभर व्यावसायिक घरभाडामा पूरै छुट दिनुपर्छ”, उनले भने । महासंघले पुनःकर्जा कोषमा साना उद्योगी व्यवसायीकोे पहुँच सुनिश्चितता गर्न मागसमेत गरेको छ ।

विसं २०७३ मा स्थापना भएको महासंघमा विभिन्न २० संघ आबद्ध छन् भने झण्डै २५ हजार व्यवसायी आबद्ध रहेका छन् । रासस

बैंक

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्