Pahiro

म्याग्दीको पहिरोमा बेपत्ता १२ जनाको शव भेटियो: १३ जना अझै बेपत्ता

म्याग्दी,२७ असार। म्याग्दीमा भिषण बाढीले निम्त्याएको पहिरोमा परी बेपत्ता भएकामध्ये १२ जनाको शव भेटिएको छ। बाँकी २३ जना अझै बेपत्ता छन् ।

बिहीबार राति परेको अभिरल वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै संख्यामा मानिस वेपत्ता भएका थिए। जसमध्य शुक्रबार तीन जनाको शव भेटिएको थियो।

शनिबार धवलागिरि गाउँपालिका ६ मराङमा एक बालकसहित थप ९ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ कुँवरले जानकारी दिए। उनीहरूको थप विवरण आउन भने बाँकी नै छ ।

उद्धार टोली अझै मराङ पुग्न सकेको छैन तर मालिका बिममा भने उद्धार टोली पुगिसकेको जानकारी आएको छ। जहाँ ९ जना पहिरोमा पुरिएका छन् ।

बेपत्ता हुनेहरुमा धवलागिरि ६ मराङका १४ जना र मालिका गाउँपालिका ७ बिमका ९ जना हुन् ।
धवलागिरि गाउँपालिका ७ ताकमका पहिरोमा परि ज्यान गुमाएका २ र रघुगंगा गाउँपालिकाको डाडाखानीमा खोलाले बगाएको एक जनाको शव शुक्रबार नै फेला परेको थियो ।

त्यस्तै मराङमा एक सुत्केरी महिलासहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने देखिएको छ भने ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
शुक्रबार उद्धार टोली लिएर हेलिकप्टर मराङ जान लागेको थियो। तर पानी र हुस्सुका कारण तीन पटकसम्म हेलिकप्टर फर्किएको थियो

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्