khola

खोलाको बीच भागमा रहेको पिल्लरमा अड्किएका एक व्यक्तिको उद्धार

घोराही २७ असार। शुक्रबार बेलुका १० बजे तुल्सिपुर १८ पत्रे खोलामा २८ वर्षीय अजय घर्ती खोलाको बीच भागमा रहेको पिल्लरमा अड्किएका थिए। सोहि ठाउका बासिन्दा रहेका उनलाई खोलाबाट जिवितै उद्धार गरिएको छ ।

२८ वर्षीय अजय घर्ती खोलाको बीच भागमा रहेको पिल्लरमा अड्किएको र उनलाई प्रहरीको सहयोगमा सोनापुर सिमेन्टको क्रेनबाट जिवित उद्धार गर्न सफल भएको हो ।

खोला तरेर साइकल लिएर घर फकिँदै गर्दा घर्तीलाई बगाएर पिल्लरमा अड्काएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लगातारको बर्षाले पत्रे खोलामा बाढी आएको छ । पत्रे खोला पुलमा ६ बर्षसम्म पुल नबन्दा जनताले सास्ती पाएका छन् ।

हरेक बर्ष बर्षायाममा खोलामा बाढी आएर आवतजावत गर्न नसक्दा र जनताले दुःख पाउँदा पनि स्थानीय, प्रदेश र संघीय सरकार मुकदर्शक बनेका छन् । पटक–पटक पुल बनाउन दबाब दिंदै आएता पनि सरकारी निकायले मौनता साँध्दै आएको स्थानीयको आरोप छ ।

यस्तै दुर्घटना फेरि घट्न नसक्ला भन्न सकिदैन उनीहरुको भनाइ छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्