ए आम्मै मायाकै पिरले

समिक्षा अधिकारी र नरेश खतीको गीतमा ध्रुब र उशाको रोमान्स

उत्कृष्ट गीतहरु ल्याउँदै आएको हिम सम्झौता डिजिटलले यसपाली पनि नचाउने तीजको गीत “ए आम्मै मायाकै पिरले” बजारमा ल्याएको छ । गीतमा आवाज नरेश खाती क्षेत्री र समिक्षा अधिकारीको रहेको छ । “माया मरेर” गीतबाट भाईरल बनेको यो जोडी फेरी यो गीत संगै जोडीएका छन ।

गीतमा तीजको बेलामा आफ्नी मायालुसँग रमाइला कुराकानी गरिएको पाउन सकिन्छ । आफ्नै मायालुको प्रशंसा गरेका शब्दहरु गीतमा समाबेश गरिएका छन ।

नन्दराम पारीयारको प्रस्तुतिमा आएको गीतको शब्द तथा लय सृजना नरेश खातीले गरेका हुन भने संगीत संयोजन केशव बडुले गरेका हुन ।

ध्रुब हिमाली र उशा उप्रेतीको सुन्दर नृत्य रहेको गीतको निर्देशन भने मौषम हिमालीले गरेका हुन । करण चैशिरले छायांकन गरेको गीतको भिडियोलाई मनोज कार्किले सम्पादन गरेका हुन ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

ए आम्मै मायाकै पिरले

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्