corona death

कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु

काठमाडौं, २७ असार। काेराेनाबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको हो । तीनै जनाको मृत्यु काठमाडौंमा भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

गौतमका अनुसार दुई जनाको ललितपुरस्थित पाटन अस्पताल र एक जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो। काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते मृत्यु भएको हो ।

फोक्सोमा पानी जमेको र मिर्गौलाको समेत समस्या आएपछि उनी असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । १७ गते कोरोना पुष्टि भएका उनको २७ गते उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको सिनामंगलस्थित केएमी अस्पतालमा असार २५ गते निधन भएको हो । प्रवक्ता गौतमका अनुसार उनी मिर्गौला रोगी पनि भएको जानकारी छ।

यता सिन्धुपाल्चोकको पाँचपोखरी–६ का अर्का ४५ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ। गत २२ असारमा पाटन अस्पताल भर्ना भएका उनको २५ असारमा मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । यससंगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्