अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति ट्रम्प पहिलो पटक सार्वजनिक रुपमा मास्क लगाएको अवस्थामा भेटिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक सार्वजनिक रुपमा फेस मास्क लगाएको अवस्थामा भेटिए । ट्रम्प वासिङ्टन नजिकै रहेको वाल्टर रीड नेशनल मेलिटरी मेडिकल सेन्टरको भ्रमणमा गएका थिए जहाँ उनले घा’इते सैनिक र स्वास्थ्यकर्मीसँग भेट गरे ।

ट्रम्प यसअघि सार्वजनिक रुपमा फेस मास्क लगाउन अस्विकार गरिसकेका छन् । हालै आफ्नो राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनले उनलाई फेस मास्क नलागाएको भन्दै कटा’क्ष गरेका थिए ।

उनले शनिबार ह्वाइट हाउसबाट निस्कने बेला मास्क लगाएका थिए । उनले भनेका थिए, ‘अस्पतालमा जब तपाईं थुप्रै मानिसहरुसँग भेट गर्नुहुन्छ त्यहाँ तपाईंले मास्क लगाउनुहोस् भनेर थुप्रैले आशा राखेका हुन्छन् ।’

उनले थपे, ‘म कहिले पनि मास्क विरो’धी थिइनँ । तर मलाई लाग्छ कि सबै कुराको समय र स्थान हुन्छ ।’ अमेरिकामा को’रोना महा’मारी देखिएपछि ट्रम्पले सार्वजनिक रुपमा पहिलो पटक मास्क लगाएको देखिएको हो । एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्