पक्राउ

तेत्तीस किलो सुनकाण्डका फरार प्रतिवादी त्रिभुवन विमानस्थलमा भेटिएपछी…

काठमाडौँ, २८ असार । तेत्तीस किलो सुनकाण्डका फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनी इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी भएका प्रतिवादी हुन् । अध्यागमनका कर्मचारीले उनको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ । उनी पछिल्लो समयमा युएई बस्दै आएका थिए ।

कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु

काठमाडौं, २७ असार। काेराेनाबाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जनाको मृत्यु भएको हो । तीनै जनाको मृत्यु काठमाडौंमा भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

गौतमका अनुसार दुई जनाको ललितपुरस्थित पाटन अस्पताल र एक जनाको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो। काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते मृत्यु भएको हो ।

फोक्सोमा पानी जमेको र मिर्गौलाको समेत समस्या आएपछि उनी असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । १७ गते कोरोना पुष्टि भएका उनको २७ गते उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको सिनामंगलस्थित केएमी अस्पतालमा असार २५ गते निधन भएको हो । प्रवक्ता गौतमका अनुसार उनी मिर्गौला रोगी पनि भएको जानकारी छ।

यता सिन्धुपाल्चोकको पाँचपोखरी–६ का अर्का ४५ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ। गत २२ असारमा पाटन अस्पताल भर्ना भएका उनको २५ असारमा मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । यससंगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्