केदार प्रसाद घिमिरे

‘महानायक’ विवादमा आफ्नो मुख खोले हाँस्य कलाकार केदार प्रसाद घिमिरेले

नायिका दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र’ भन्दै प्रश्न सोझाएपछि उत्पन्न विवाद अझै साम्य भएको छैन । दीपाश्रीले माफि मागिसकेपछि पनि उनलाई गाली आउन नछाडेपछि चलचित्रकर्मीले आफ्नो भनाई सार्वजनिक गर्न थालेका हुन् ।

यसैबिच, हाँस्य कलाकार केदार प्रसाद घिमिरेले ‘महानायक’ विवादमा आफ्नो मुख खोलेका छन् । केदार लेख्छन्–‘हो दीपा दिदीको गल्ती थियो, माफि पनि मागी सक्नुभयो । म पनि महानायक राजेश हमालसँग व्यक्तिगत रुपमा माफि माग्दछु । कुन गल्तीको सजायँ कति भन्ने पनि त होलानी । छिमेकीको बच्चाले साग कुल्च्यो भनेर खुट्टा नै भाँचेर पठाइदिने त ?’

केदारले चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज भएपछि सुरुमै १२ सय प्रतिक्रिया नकारात्मक आउँदा आफू झन्डै दोश्रो पटक डिप्रेशनमा गएको पनि उल्लेख गरेका छन् ।

‘छक्का पन्जा’को टिमबाट आफूलाई निकाल्दा चलचित्रको अस्तित्व नै सकिने भनेर आएको प्रतिक्रियामा उनले लेखेका छन्–‘हाम्रो टिममा सबै लेखक र निर्देशक छौं । आफू आफै पनि छुट्टाछुट्टै रुपमा चलचि बनाउन सक्छौ । तर, छुट्टाछुट्टै चलचित्र बनाउँदा चलचित्र कमजोर नबनोस्, दर्शक निराश भएर नफर्किउन् भनेर हामी एक आपसमा मिल्छौ ।’

केदारले दीपाश्री निकै दयालु भएको भन्दै उनले गरिरहेको सामाजिक कार्यको पनि चर्चा गरेका छन् । उनले अरु बेला राजेश दैको प्रसंसा गर्ने ब्यक्ती त्यो दिन ठुलै दशा लाको राइछ भन्दै दिपा श्री निरौलाको पक्षमा यस्तो स्टाटस लेखेका छन :-

आदरणीय दर्शकलाई मेरो अनुरोध: बिगत केही दिन देखि निरन्तर रुपमा निर्देशक/ कलाकार दिपा दिदी माथि तल्लो स्तरका गाली गलौज् भईरहेका छन्। हो, दिदीको गल्ति थियो,माफि पनि मागी सक्नुभयो। म पनि महानायक राजेश दादासंग ब्यक्तिगत रुपमा माफि माग्दछु। कुन गल्तिको सजायँ कति भन्ने पनि त होलानि। छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भांचेर पठाईदिनेत ? दिपा दिदीको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चांहि पक्कै हो। अघिपछी राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे,त्यो दिन दिदीको ठुलै दशा रैछ। वहां मनको दयालु हुनुहुन्छ, बर्षेनी 15 जना गरीब बच्चाहरुको स्कुल फि तिरी दिनुहुन्छ,कोही कलाकार प्राबिधिकको दुखमा पुगीहाल्नुहुन्छ, भलै बैगुण पनि होलान् । गल्ति मान्छेबाटै हुने हो, सच्चिएर अगाडी बढ्ने मौका दिनुहोस् । अर्को कुरा, केहि गल्ति नहुंदा पनि “छ माया छपक्कै” को ट्रेलर रिलिज हुॅदा सुरुमै करिब 1200 नेगेटिभ कमेन्ट आए, “यिनीहरुको फिल्म् फ्लप् भैहालोस्” “जोकरहरुको फिल्म् कस्ले हेर्छ र ? आदी इत्यादि। (यहि कारणले म झण्डै दोश्रो पटक डिप्रेशनमा गएको थिएं) बर्ष भरि मेहनत गरेर बनाएको फिल्म फ्लप् हुंदा कुन तत्व लाईं फाईदा पुग्दोरैछ ? मैले अहिले सम्म बुझ्न सकेको छैन । त्यो तत्व ( जो फेक आईडी सहित कमेन्टमा हाजिर हुन्छ) संग सम्बन्धित ब्यक्ति लाईत मेरो भन्नु केही छैन । तपाई जो सांच्चै भगवान् जस्ता दर्शक हुनुहुन्छ, कृपया आलोचना नै गर्नु परे पनि सभ्य तरिकाले गरिदिनुहोला भनि अनुरोध गर्दछु । “छक्कापञ्जा टिमबाट माग्ने निकालौं” भन्ने कुरा पनि आएको रैछ, हाम्रो टिममा सबै लेखक निर्देशक छौं, आफै आफैं छुट्टै चलचित्र पनि बनाउन सक्छौं,तर छुट्टा छुट्टै चलचित्र बनाउंदा कमजोर नबनोस्,हलमा आएका दर्शक निरास भएर नफर्किउन् भनेर एक आपसमा मिल्छौं। नेपाली चलचित्रमा सबै कुरा अन्तरराष्ट्रीय स्तरको छ, एउटै कुराको कमी छ त्यो हो स्क्रिप्ट, त्यहि स्कृप्ट को लागी अरु टिममा पनि धेरै धेरै साथिहरु एक आपसमा मिल्न जरुरी देखिन्छ। तपाईंहरुले मलाई ब्यक्तिगत् रुपमा गर्नुभएको अगाध् माया र स्नेह शिरमाराखेको छु। केही गल्ति लेखेको भए तपाई पनि माफ गरिदिनुहोला। जय माफ दिवस। जय नेपाली चलचित्र।

केदार प्रसाद घिमिरे
केदार प्रसाद घिमिरे
केदार प्रसाद घिमिरे
केदार प्रसाद घिमिरे

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्