आरडिटी

उपत्यकामा काेराेना संक्रमण बढ्दै: परीक्षणको दायरा बढाउन दबाब

काठमाडौं, २७ असार। केहि दिनयता उपत्यकामा काेराेना संक्रमण बढ्दै गएका कारण सरकारले परीक्षणको दायरा तीव्र बनाएकाे छ। एक हप्ताभित्र कम्तीमा पनि ४५ हजार नमुना संकलन गरी परीक्षण गर्न मन्त्रालयले तयारी थालेकाे हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान अनुसार ४५ हजारको परीक्षण गर्दा उपत्यकामा संक्रमणको अवस्था थाहा हुने जनाएका छन्। सोही कारण मन्त्रालयले उपत्यकाकाे जोखिम मानिएका क्षेत्रमा समुदायस्तरमा परीक्षणको दायरा बढाएको हो। जसअनुसार मन्त्रालयले टोखा नगरपालिका-६ हरियाली बस्तीमा गरेको परीक्षणमा तीन स्थानीयसहित चार जनामा संक्रमण पाइएकाे थियाे ।

केहि दिनयता उपत्यकामा काेराेना संक्रमण बढ्दै गएका कारण सरकारले परीक्षणको दायरा तीव्र बनाएकाे हो।

गत साता स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अगुवाइमा गरिएको परीक्षणमा समुदायमा कोराना भाइरस संक्रमण भए नभएको थाहा पाउन उपत्यकाका विभिन्‍न १२ स्थानबाट एक/एक सयका दरले पिसिआर परीक्षणका लागि नमुना संकलन गरेको थियो। त्यसक्रममा टोखाबाट नमुना लिएर परीक्षण गरिएकाे हो ।​

हरियाली बस्तीबाट एक सय बढीको नमुना जाँच गर्दा तीनजना स्थानीयसहित चारजनामा कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसअघि कन्ट्याक्ट ट्रेसिङमा स्रोत नखुलेका विभिन्‍न स्थानका केसहरुलाई आधार मानी त्यस स्थानका कम्तीमा एक सयका दरले नमुना संकलन गरेको थियो ।

यो पनि पढ्नुहोस :

महोत्तरीमा मास्क प्रयोग नगर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि …

जलेश्वर, २७ असार। महोत्तरीमा मास्क प्रयोग नगर्ने पाँच हजार भन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार विगत चार दिनमा जिल्ला सदरमुकाम जलेश्वरसहितका बजारमा मास्क प्रयोग नगरी हिँड्ने पाँच हजार ६०३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तीमध्ये एक हजार ५७१ महिला र चार हजार ३२ पुरुष रहेका छन् ।

मास्क प्रयोग नगरी हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर २ घण्टा उभ्याएको छ भने मास्क गोजीमा भएकालाई मास्क प्रयोग गराएको र नभएकालाई मास्क वितरण गरेको छ । साथै उनीहरुलाई सम्झाइबुझाई छाडेका छन् ।

अहिले प्रहरीले मास्क नलगाउनेलाई नियन्त्रणमा लिने, मास्क लगाउने जस्ता क्रियाकलाप अगाडि बढाएको छ भने जिल्लावासीको बानी बेहोरामा सुधार नआए दण्ड जरिवाना जस्तो कार्यक्रमसमेत ल्याउने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्टले बताउनुभयो ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्