prachanda

पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा डुबानमा परेका जिल्लाको अवलोकन

चितवन, २७ असार। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डुबानमा परेको जिल्लाको पर्यटकीय क्षेत्र सौराहा लगायतका पूर्वी चितवन क्षेत्रको आज अवलोकन गरेका छन्। दाहालले कालिका नगरपालिकाका विभिन्न डुबान क्षेत्र, राप्ती हुँदै सौराहाको डुबान क्षेत्रको अवलोकन गरेका हुन्।

कालिका नगरपालिकाको डुबान भएको वडा नं २, ३, ६ र ७ का विभिन्न क्षेत्रको दाहालले अवलोकन गरे । कालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार ती क्षेत्रमा पुङखोलाको बाढीले डुबान गराएको हो। खोलाको पानीलाई डाइभर्सन गरी थाङखोलामा मिसाउन सकिने भन्दै दाहाललाई थाङखोलाको निरीक्षण गराइएको थियो ।

दाहालले राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाको राप्ती नदी किनारमा लगाइएको ड्याकको स्थलगत निरीक्षण गरेका छन् । ती नगरपालिकाका प्रमुखले दाहाललाई त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका थिए । राप्ती नगरप्रमुख प्रमुख प्रभा बराल र खैरहनीका प्रमुख लालमणि चौधरीले बाढी रोक्नका लागि तत्काल गर्नुपर्ने र दीर्घकालीन उपायका बारेमा दाहाललाई जानकारी गराएका थिए ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बाढीका कारण राप्ती नदी पारी स्थानीयको लालपूर्जा भएको जग्गा पुगेको भए पनि उनीहरुले केही पाउन नसकेको गुनासो गरे । उनले निजी हात्ती चरनको समस्या भएको दाहाललाई जानकारी गराउनुभएको थियो । दाहालले ती समस्याका बारेमा राजधानी फर्किएपछि समाधानका लागि पहल गर्ने बताए ।

पर्यटकीय क्षेत्र सौराहाको चित्रसारी क्षेत्रमा रहेका अधिकांश होटल तथा रेस्टुराँ डुबानमा परेका छन् । खगेरी खोलामा आएको बाढीले रत्ननगरका वडा नं ७ र ८ मा रहेका होटल तथा रेस्टुराँ डुबानमा परेका हुन् । दाहालले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकामा बाढीबाट प्रभावित भएका क्षेत्रको निरीक्षण गर्नुभएको थियो । दाहाल क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । रासस

prachanda

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्