राशिफल - rasifal

तपाईंको आज : २०७७ साउन २७ मंगलवारको राशिफल

२०७७ साउन २७ मंगलवार
Aug 11, 2020
सप्तमी
श्रीकृष्ण जन्माष्टमी

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ– साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रनाले आफन्त टाढिन सक्छन्।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दुरिको यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले निराश तुल्याउन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै फाइदाको संवाहक बन्न सक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – तर्क, वि’वाद र ब’हसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा पनि कमजोरी अनुभूति हुनेछ। साँझतिर केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप समेत गर्नुपर्ला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – परिस्थितिवश चिताएको काम सम्पादनमा विलम्ब हुनेछ। कामको मेसो नमिल्दा पनि अलमल हुनेछ। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ। समय अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्