corona sankramit

एकै दिन १७ सय ५ जना कोरोना संक्रमित घर फर्किए

काठमाण्डौं, ३० असार। नेपालमा सोमबार एक हजार सात सय ५ संक्रमित कोरोनाबाट निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमण बाट निको हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ।

नेपालमा करिब ६० प्रतिशत कोरोन संक्रमित बिरामी अहिले संक्रमण मुक्त भएका छन् । ६ हजार भन्दा बढी संक्रमित आईसोलेसनमा रहेका छन् । नेपालमा आज सम्म कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । र हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

यो पनि पढ्नुहोस्

पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

तनहुँँ, २९ असार । अविरल वर्षासँगै आएको पहिरोमा पुरि’एर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृ’त्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरि’एर पाँच जना बे’पत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृ’त्यु भएको छ । घरको भित्ताले पुरि’एर घा’इते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरि’एर एक जनाको मृत्यु भएको र उनको सना’खत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिँ’दा पाँच जना बे’पत्ता भएको प्रहरीले जनाएको छ । बे’पत्ता हुनेमा एकै परिवारका पाँच जना छन् ।

हुनेमा ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा रहेको प्रहरीले जनाएको छ । सोही ठाउँकी ६० वर्षीया ज्योतिमाया थापालाई उपचारका लागि भीमाद ल्याइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्