काठमाडौं, ३० असार। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि चर्को आलोचना शुरु भएको छ। प्रधानमन्त्रीले दिएको सो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालहरुमा कतिले उनको समर्थन गरेका छन् त कतिले आलोचना।
सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले सांस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका हुन् ।
‘हामीले सीता भारतका राजकुमार रामलाई दियौं भनेर भन्दै आएका छौं। तर, हामीले सीता भारतलाई होइन, अयोध्यालाई दिएका हौं, ’ उनले भने–‘अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्मि पट्टिको गाउँ हो ।’
सामाजिक सञ्जालमा कोहिले ओलीको टिप्पणीको समर्थन गरेको पनि देखिन्छ भने कोहिले प्रधानमन्त्रीको भनाइप्रति ब्यङ्ग गरेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत ओलीको भनाईबारे ब्यङ्ग गर्दै ‘नयाँ रामायण श्रवण गरौं’ भन्दै ट्वीट गरेका छन्
आधी-कवि ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं! सिधै बैकुण्ठधामको यात्रा गरौं ! https://t.co/yDepnuFCFY
— Baburam Bhattarai (@brb1954) July 13, 2020
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभागका उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्रिको यो बयानलाई लिएर टिप्पणी गरेका छन्।
पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ ।अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ।
— Bishnu Rijal (@bishnurijal1) July 13, 2020
पूर्वपरारष्ट्रमन्त्री रमेशनाथ पाण्डेले अंग्रेजीमा ट्वीट गर्दै लेखेका छन् –‘धर्म राजनीति र कूटनीतिभन्दा माथि छ । यो निकै भावनात्मक विषय हो । बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ । अयोध्या वीरगञ्जन नजिकै सरायु नदी कहाँ छ ?
Religion is above politics & diplomacy. Its a highly emotive issue. Ridiculous statements only cause embarrassment. If Ayodhya is near Birgunj, where is the Sarayu river ?
— Ramesh Nath Pandey (@rameshnathpande) July 13, 2020