फेरि आयो महानायक प्रति दिपकराज गिरीको यस्तो अभिव्यक्ति

dipak-raj-giri

काठमाडौं, ३० असार। हास्य कलाकार, लेखक तथा निर्देशक दीपकराज गिरीले आफूहरूलाई सामाजिक सञ्जालमार्फत भिभिन्न टिकाटिप्पणि आइरहेको बताएका छन्।

केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले राजेश हमाललाई ‘उहाँ महानायक हो र ?’ भन्ने टिप्पणी गरेपछि दीपकराज गिरीलाई समेत जोडेर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

उक्त सन्दर्भलाइ लिएर दिपक राज गिरीले फेसबुक लाइभ मार्फत आफ्नो विचार ब्यक्त गरेका छन्। गिरि भन्छन :

जुन यति लामो रास्ट्रबादि विवाद भएको छ, के यो स्वभाबिक छ ? मलाइ लाग्छ छैन। किनभने महानायक राजेश हमाललाई जुन खालको चासो र समर्थन आएको छ र अर्को पट्टि छक्का पन्जाको टीम प्रति भने धेरै आलोचना आएको छ”।

दर्शकले अहिले यो घटनालाई जति चासो दिनुभएको छ, त्यतिनै धेरै चासो, स्नेह र सपोर्ट नेपालि फिल्म इण्डस्ट्रिलाइ दिएको भए शायद हाम्रो नेपाली फिल्म इण्डस्ट्रि अहिले धेरै माथि हुन्थ्यो।

यहाँ केहि पर्तिशत दर्शक फ्यान हरु हुनुहुन्छ जो राजेश हमाललाई सपोर्ट गर्नुहुन्छ तर त्यो भन्दा पनि ठुलो पर्तिशत ले छक्का पन्जा ब्राण्ड लाइ नराम्रो खालको प्रहार गर्नु भएको छ जुन अहिले मुख्य बिषय बनेको छ।

कलाकार गिरीले आइतबार साँझ फेसबुक लाइभ गर्दै फेक आइडीबाट नियोजित रूपमा आफूहरूविरुद्ध साइबर बुलिङ भइरहेको पनि ब्यक्त गरेका छन्। साइबर सुरक्षा विज्ञसँग बुझ्दा हामीलाई प्रहार गर्ने ७५ कमेन्ट फेक आईडीबाट आएको देखिएको छ। यस्ता फेक आइडीको जमात संगठित,’ फेसबुक लाइभमा गिरीले भनेका छन्, ‘रवि लामिछानेलाई समेत केही समय अघि त्यसैगरी प्रहार गर्ने काम भएको थियो।’

उनले अगाडि भनेका छन्, ‘हाम्रो सपोर्टमा मानिसहरु बोल्नै सकिरहेका छैनन् । बोलेमा तिनै नक्कली आईडीबाट लखेट्ने काम गरिन्छ । यतिसम्म कि म्यासेज गरेर समेत गाली गर्ने काम हुन्छ ।’

कलाकार गिरि भन्छन, दिपाले भन्न खोजेको कुरामा गल्ति भएको हो। त्यसको लागि हाम्रो टिम बाट म माफी माग्छु तर सबैले आ- आफ्नो विचार राख्न पाउछन, र दीपाजिले पनि फरक मत राख्नु भयो त्यो उहाको बिचार हो आफ्नो मत राख्ने नपाउने हो र ? हामीले कुन समाजको निर्माण गर्दैछौ ? के हामि किमजोङ्गको समाज सृजना गरिराखेका छौ अहिले ?

बाँकी भिडियोमा हेर्नुहोस

https://www.facebook.com/100001610509452/videos/3335111446552506/

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक

24 hours ago

DeeYan Media
शनिवार ३ बजे दिपिका जेनी युट्युब मार्फत यहाँहरुको माझ , हेर्न नभुल्नुहोला जिस्किएर गई.... ! youtube.com/channel/UClfiCywPQAMS0eVmOwpUB_g ... See MoreSee Less
View on Facebook