डा.बाबुराम भट्टराई

अब प्रधानमन्त्री ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं : डा.भट्टराई

काठमाडाैं, ३० असार । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको वचन/कर्मले सीमा नाघेकाे बताएका छन ।

प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएपछि नेता भट्टराईले यस्ताे टिप्पणी गरेका हाेन ।

डा. भट्टराईले मंगलबार बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एक प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्तिप्रति ओलीले आलोचना गरेका छन् ।

डा. भट्टराईले प्रधानमन्त्री ओलीका वचन र कर्मले सीमा नाघेको बताउँदै अब उनलाई छाडा छोड्नु खतरनाक हुने टिप्पणी गरेका छन । संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा प्रधानमन्त्रीका चिन्तनप्रणाली स्वस्थ नदेखिएको पनि नेता भट्टराईले बताएका छन ।

डा.भट्टराईले संसद स्थगत गरेर अध्यादेश र संकटकालको खड्ग समेत ओलीले आफ्नो हातमा लिएको भन्दै त्यसको विरोध जनाएका छन् । उनले अब ओलीलाई छाडा छोड्न नहुने भन्दै उपचार खोज्नुपर्ने समेत बताएका छन् ।

समाजिक सञ्जाल ट्वीटरमा नेता भट्टराई लेख्छन – ‘अति गरे खति हुन्छ भन्छन् ! प्रधानमन्त्री ओलीका वचन/कर्मले सीमा नाघ्दैछन् ! संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न। संसद स्थगन गरेर अध्यादेश /संकटकालको ‘खड्ग’ समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !’

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

One thought on “अब प्रधानमन्त्री ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं : डा.भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्