६ दिनदेखि हराइरहेकी नायिकाको श’व फेला

म्युजिकल कमेडी शो ग्लीबाट चर्चामा आएकी अमेरिकी नायिका तथा गायिका नाया रिभेराको श’व फेला परेको छ । रिपोर्टका अनुसार हिट टिभी म्युजिकल कमेडी ग्लीकी नाया रिभेराको श’व ६ दिनपछि साउथ क्यालिफोर्नियाको लेक पीरु नजिकै भेटिएको हो । उनी ३३ वर्षकी थिइन् ।

काउन्टी सेरिफ बिल आयुबले सोमबार सीएनएनसँगको कुराकानीमा नाया रिभोराले मृ’त्युव’रण गर्नुअघि आफ्नो भए भरको बल छोरालाई बचाउन लगाएको बताएका छन् ।

उनले भने, ‘उनले आफ्नो भएभरको ऊर्जा छोरालाई डुङ्गामा राख्न खर्च गरिन् तर आफूलाई भने जोगाउन सकिनन् ।’

रिभेरा र उनका छोराले बुधबार एउटा डुङ्गा भाडामा लिएका थिए । ती बालकले उद्धारकर्मीलाई आफू आफ्नी आमासहित पौडी खेल्न गएको तर उनी डुङ्गामा फर्किएर नआएको जानकारी दिए । बालकले पछाडि फर्केर हेर्दा आमालाई पानी मुनी हराएको देखेको अनुसन्धानकर्तालाई बताएका थिए ।

उनको छोरालाई डुङ्गामा सुतिरहेको अवस्थामा भेटिएको हो । डुङ्गाभित्र एउटा लाइफ ज्याकेट थियो भने अर्को ती बालकले लगाएका थिए ।

उनको श’व तैरिरहेको अवस्थामा जहाँ भेटियो त्यहाँको पानी ३५ देखि ६० फिट गहिरो छ । आयुबका अनुसार अनुसन्धानकर्ता उक्त श’व रिभेराकै हो भन्नेमा निश्चित छन् तर उनको श’वलाई दन्त परीक्षणमार्फत् पहिचान गर्नका लागि भेन्टुरा काउन्टी कोरोनर्सको कार्यालयमा लगिएको छ ।

कार्यक्रम ग्लीको उनको सहकर्मी जेन लिन्चले ट्वीट गरिन्, ‘आराम गर प्यारी नाया । तिमी कति साहसिली थियौं ।’

रिवेराले निकै कम उमेरमा नै अभिनय गर्न सुरु गरेकी थिइन् । उनले चार वर्षको उमेमा सिबिएस च्यानलमा ब्रोडकास्ट रोयल फ्यामिली शोबाट सुरुवात गरेकी थिइन् तर सन् २००५ मा फक्स च्यानलमा आउने शो ग्लीमा समलिङ्गी टीन स्यान्टेना लोपेजको भूमिकाबाट उनले चर्चा पाइन् । यो कार्यक्रम सन् २००९ देखि २०१५ सम्म चलेको थियो ।

नायाले सन् २०१४ मा ह’रर फिल्म डेविल्स डोरमा काम गरेकी थिइन् । उनले यो फिल्मका सहकर्मी रयान डोर्सीसँग विवाह गरेकी थिइन् । सन् २०१८ मा नाया र रयानको सम्बन्धवि’च्छेद भयो । यी दुईका चार वर्षका छोरा जोसे छन् । एजेन्सी

नाया रिभेरा

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्