Jai'l

अविरल बर्षाले का’रागार नै डुबानमा: कै’दीहरु भागाभाग

बर्दिबास, ३० असार। गत केहि समय देखि अविरल बर्षाका करण विभिन्न ठाउमा ठुला- ठुला क्षति हुँदै आएका छन्। अविरल वर्षाकै कारण जलेश्वर कारागार समेत डुबानमा परेको छ ।

गत बुधबारदेखि परेको पानीले कारागार समेत डुबानमा परेको कारा’गारका कामु जे’लर मकसुदन महासेठले बताए। करिव १६० वर्षभन्दा पूरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ ।

का’रागारको बाहिर मूलगेटदेखि भित्र कै’दीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पानी भरिएको छ। का’रागारभित्र तीन फिटभन्दा बढी पानी भरेर जलमग्न र अस्तव्यस्त भएकाले कै’दीहरुको भागदौड भएको चौकीदार (मूलकै’दी) रमेशकुमार सिंहले बताए ।

का’रागार सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई समेत पानीमै उभिएर ड्युटि गर्नुपरेको छ । उक्त कारागारमा ४९५ पुरुष, ४६ महिला र चार आश्रित बालबालिका गरी जम्मा ५४५ रहेका छन् ।

ब’न्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान, नुहाउन र घुमफिर गर्नलगायतका विभिन्न समस्या भएको उनले जानकारी दिए। समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक आग्रह गर्दा कुनै सुनुवाई नभएकोे जे’लर महासेठले बताए ।

राति सुत्नु भन्दा अघि गर्न नहुने ७ गल्तीहरु : ध्यान दिएर पढ्नुहोला

मानिसहरु सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या सामना गर्नु पर्छ। खासगरी केही मानिस खाने वित्तिकै ओच्छ्यानमा पल्टिन्छन्। यो राम्रो बानी होइन। यहाँ सुत्ने समयमा गर्न नहुने ७ गल्तीको विषयमा चर्चा गरिएको छ ।

१ रातिमा खाना खाने वित्तिकै सुत्नु हुँदैन। यदि तपाइँ खाना खाने वित्तिकै सुत्ने गर्नु हुन्छ भने मोटो पनको समस्या हुन्छ। यसले पाचन प्रणालीमा समेत समस्या हुने गरेको छ।

२ खाने वित्तिकै सुत्दा शरीरमा इन्सुलिनको स्तर बढ्छ यसले पाचन प्रक्रियामा समस्या हुन्छ। सुत्नु भन्दा कमसेकम १ देखि २ घण्टा अघि खाना खानु राम्रो मानिन्छ।

३ फोनमा अलार्म लगाएर छेउँमा राख्ने वा ल्यापटप विस्तारामा छोडेर सुत्ने बानी छ भने आजै देखि छोड्नुस्। यस्तो लापरवाहीले तपाइँलाई स्वास्थ्यमा समस्या आउन सक्छ। मोबाइल र ल्यापटपबाट निस्कने इलेक्ट्रो म्याग्नेटिक किरणले कोर्टिजोल नामक हर्मोन बढेर स्ट्रेस बढाउँछ।

४ शरीर फिट राख्ने भन्दै साँझमा भारी ब्यायाम गर्नु हुन्छ भने यसले पनि असर गर्छ । यसले निद्रामा प्रभाव पार्छ र शरीरमा मेलाटोनिन बढेर तनाव हुन्छ। निरन्तर यस्तो भो भने मोटोपन पनि बढ्न सक्छ ।

५ मुटुको समस्या छ र कार्डियो भास्कुलरर कसरत गर्नु पर्छ भने सुत्नु भन्दा कम्तिमा ३ घण्टा अघि गर्नु पर्दछ ।

६ टिभी हेर्दै नजिक बसेर खाना खाने बानी छ भने आजै छोड्नुस्। टिभीको नजिक भोजन नगर्नुस् । यसो गर्दा खाना धेरै खाइने र तनाव बढ्ने समस्या हुने गरेको पाइन्छ । सुत्नु अघि टिभी हेर्नु भन्दा कुनै संगीत सुन्नुस् ।

७ शोधकर्ताहरुका अनुसार हल्का उज्यालो अर्थात लाइट बालेर सुत्दा गहिरो निद्रा नआउने र मोटो पन बढ्ने गर्दछ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्