चट्ट लोकल कुखुरा

पशुपती शर्माको नयाँ गीत आउनासाथै चर्चा बढ्यो हेर्नुहोस् भिडियो सहित्

जब जब तीज नजिकिन्छ स्रोता तथा दर्शकले पशुपती शर्माको तीज गीत पर्खेका हुन्छन । नयाँ नयाँ शैलिका गीतहरु पाउने भएकाले पनि पशुपती शर्मा हरेको मुटुमा बस्न सफल भएका हुन ।

शर्माका गीतमा प्राय सामाजिक यथर्थत नै पाउन सकिन्छ । यसैबिच भर्खरै मात्र चट्ट लोकल कुखुरा नामक तीज गीत बजरमा भित्रिएको छ । गीत सार्वजनिक भएको १ घण्टा नबित्दै १५ हजारले बढीले हेरिसकेका छन र १५ सय लाइक बटुलिसकेको छ ।

गीतमा पशुपती शर्मासंगै सीता श्रेष्ठको आवाज पाउन सकिन्छ भने लय तथा शब्द सृजना शर्मा आँफैले गरेका हुन । केशब बडुले संगीत संयोजन गरेको गीतको रेकर्डिङ १ डिबी स्टुडियोमा गरिएको हो भने एच.बि.एन किस्मतले गरेका हुन ।

दुर्गा पौडेलले निर्देशन तथा छायांकन गरेको गीतमा पशुपती शर्मा, निरु खड्का, निर आले मगर, मालती घले, अस्मिता राना, रितु तमाङ, उशा सुबेदी, नाराणी, कमल लगायतलाई देख्न सकिन्छ ।

नबिन घर्ती मगरले सम्पादन गरेको गीत पशुपती शर्माको अधिकारिक युट्युब च्यनलमा सार्वजनिक भएको छ ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्