अयोध्यापुरी

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले भारतमा चर्को आलोचना

काठमाडौं, ३० असार। सोमबार भानुजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले सांस्कृतिक अति’क्र’मण गरेको अभिव्यक्ति दिएका थिए ।

सोहि अभिव्यक्तिलाई लिएर अहिले भारतमा नेपालका प्रधा’नमन्त्री केपी शर्मा ओलीकाे चर्काे आलाेचना सुरु भएकाे छ । उनले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतमा चर्को आलोचना सुरु भएकाे हाे ।

भाजपाले प्रधानमन्त्री ओलीले वि’वादित अभिव्यक्ति दिएको भन्दै नि’न्दा गरेको छ। भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने भन्दै अभिव्यक्तिकाे नि’न्दा गरेका छन्।

#ओलीको अभिक्यक्ति राम नेपाली हुन् #प्रधानमन्त्री ओलीको उपचार खोजौं डा. भट्टराई

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्