सुर्तै मायाको

निराको गीतमा शंकर र अन्जलीको रोमान्स हेर्नुहोस् भिडियो सहित

तीज नजिकिएसंगै तीजका गीत हरु आउने क्रम पनि जारी छ । बिगतका बर्षहरुमा भन्दा केही कम गीतहरु आएपनी केही गीतहरु भने स्तरिय आएका छन ।

यसैबिच निरा छन्त्यालको तीज गीत सुर्तै मायाको बजरमा भित्रिएको छ । निरा छन्त्याल र सितल गुरुङको आवाजअंा रहेको गीतको बजार भित्रिएसंगै चर्चा पनि बढेको छ ।

उक्त गीतमा बिजय चन्द ‘दर्पण’ले शब्द सृजना गरेका छन भने लय सृजना पछील्लो समयका चर्चित सर्जक प्रकाश पराजुलीले गरेका हुन ।

पछील्लो समयका व्यास्त एरेन्जर सुनिल परियारले संगीत संयोजन गरेको गीतको मास्टरिङ्ग एच.न.बी किस्मतले गरेका हुन ।

सोचेको न सम्झेको आफ्नो माया सँग अचानक बाटोमा भेट हुंदाखेरिका प्रसङ्ग गीतमा समाबेश गरिएको छ । गीतको भडियो पक्ष पनि उत्तिकै उत् बनेको छ ।

शंकर बिसीले निर्देशन गरेको भिडियोमा शंकर बिसी संगै अन्जली अधिकारीलाई देख्न सकिन्छ । दुर्गा पौडेलले छायांकन गरेको गीतको भिडियोलाई नबिन घर्तीले सम्पादन गरेका हुन ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्