बलिउडकी दिग्गज अभिनेत्री रेखा

रेखाले कोरोना टेस्ट गर्न मानिनन्, घर सेनिटाइज गर्न पनि दिइनन्

बलिउडकी दिग्गज अभिनेत्री रेखाले बीएमसीका अधिकारीलाई आफ्नो बंगलाभित्र प्रवेश नदिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

केही दिन अघि रेखाका सुरक्षाकर्मी लगायत केही कर्मचारीमा को’रो’ना संक्र’मण पुष्टि भएको थियो । उनीहरुलाई थप उपचारका लागि बीएमसीले को’भिड–१९ बिरामीका लागि प्रदान गर्दै आएको स्थानमा सारिएको छ ।

रेखाको सी स्प्रिङ्ग्स नामको बंगलालाई कन्टे’न्टमेन्ट जोन भनेर सम्बन्धित अधिकारीले सील गरेका छन् । पिंकभिल्लाको एक रिपोर्ट अनुसार बीएमसीका अधिकारी रेखाको बंगला पुग्दा रेखाकी म्यानेजर फरहानाले कुरा गरेकी छिन् ।

त्यसपछि उनले आफ्नो नम्बर दिँदै केही प्रक्रिया गर्नुअघि आफूलाई जानकारी दिन भनिन् । पछि जब फरहानालाई फोन गरियो तब उनले रेखाको स्वास्थ्य स्थिती निकै ठिक भएको र उनी कसैसँगको सम्पर्कमा नआएकोले को’भिड–१९ को परीक्षण गर्न रेखा इच्छुक नभएको जानकारी दिइन् ।

यतिमात्रै होइन, बीएमसीले रेखाको घर स्यानिटाइज गर्नका लागि आफ्नो समूह पठाउँदा पनि उनीहरुलाई बंगलाभित्र प्रवेश गर्न नदिएको बताइएको छ ।

यसअघि हिन्दुस्तान टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार रेखा बीएमसी अधिकारीमार्फत् आफ्नो को’रो’ना परीक्षण गर्न चाहन्नन् । उनले आफ्नै तरिकाले परीक्षण गर्ने र रिपोर्ट सम्बन्धित निकायमा पेश गर्ने बताइएको छ । एजेन्सी

बलिउडकी दिग्गज अभिनेत्री रेखा
बलिउडकी दिग्गज अभिनेत्री रेखा

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

2 thoughts on “रेखाले कोरोना टेस्ट गर्न मानिनन्, घर सेनिटाइज गर्न पनि दिइनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्