हेमन्त बहादुर शाह

संस्कार बन्न नसकेको राजनीती

हेमन्त बहादुर शाह , कैलाली

राजनीति भनेको राज्यको सर्बोच्च शक्ति हो जसले सम्पुर्ण शक्तीलाई गभर्ण गर्छ र परिचालित गर्छ । राजनीति ले नै देशको असल सुशासन को निर्माण गरी एक असल समृद्दशाली देशको निर्माण गर्दछ । देशका सम्पुर्ण युवाहरुलाई परिचालित गर्न र देशमा गरीब र सर्बाहारा बर्गहरुलाई उचित न्याय सेवा तथा सुबिधा र बिकासात्मक कार्यहरु गर्नको लागी देशमा एक असल निष्पक्ष तथा कर्मनिष्ठ र समाजसेवामा समर्पीत राजनीतिको आवश्यकता पर्दछ ।हामी सबैले देखेको र भोगेको कुरा हो हरेक कुरामा राजनीति हुन्छ तर असल राजनीति भनेको समाज देश र मातृभुमीमा आफुलाई समर्पीत गरी देश र जनताको सेवा सुरक्षा कायम गर्नु नै  देशको लागी उचित राजनिती मानिन्छ ।

नेपाल बहुभाषिक, बहु सांस्कृतिक , बहुजातिय ,बहुधार्मीक बिशेषतायुक्त एक स्वतन्त्र अभिभाज्य ,धर्मनिरपेक्ष,सार्बभौमसत्ता सम्पन्न ,अनेकतामा एकता ,भएको संघीय लोकतान्त्रीक गणतन्त्रमुलक देश हो । तर हाल नेपाल कुनै पनि क्षेत्रमा त्यति सफल हुन सकीरहेको छैन ।यसरी देशमा आर्थिक, सामाजिक, तथा संस्कृतिक सम्बृधी हासिल गुणस्तरीय रुपमा हुन नसक्नु मा बिविध कारणहरु छन् ।ती मध्य राजनीतिक अस्थिरता प्रमुख बाधक तत्व हो ।

देशमा बिद्यवान राजनीतीक अस्तब्यस्तताका कारण आज सम्म पनी बिकासका आयोजनाहरु चुस्त दुरुस्तनै छन् । हाल देशमा भ्रष्ट्राचारले प्रलय  पाईरहेको छ । देशको हक हितको लागी काँधमा जिम्मेवारी बोकेका व्यक्तिहरु नै भ्रष्ट्राचार मा संलग्न छन् । भ्रष्ट्राचारीहरुलाई सजाय दिने राज्यका संयत्र पनी नभएका होईनन् , तर पनी भ्रष्ट्राचारिहरुले आफ्नो कु- प्रविर्तीलाई बढाउँदै गईरहेका छन् । उनीहरुले भ्रष्ट्राचारलाई ब्यापक रुपमा विस्तार गर्दै लगिरहेका छन् ।

देशमा बिकासका कामहरु हेर्दा पनी त्यस्तै अस्तब्यस्त छन् । सडक निर्माणको कुरा गर्दा २ ईन्च कालोपत्रेले सडक छोपेर करोडौँ रुपैयाँ भ्रष्ट्राचार गरिरहेका हुन्छन् तर सरकारले भने बिकासात्मक कामहरु कुन ढङ्गले भएका छन् र कुन ढंगले भईराखेका छन् भन्ने लेखाजोखा नै राख्दैन , कीनकि सरकार भित्रै रहेका कार्यकर्ताहरु नै भ्रष्ट्राचारमा संलग्न भएका देखिन्छन् ।देशमा हजारौँ नारीहरु बलत्कृत हुन्छन् हजारौँ नागरीकहरुका बिनाकारण हत्या हुन्छन् ति पडीतहरुले उचित प्रकारको न्याय दिलाउन सक्दैन सरकारले ।

“अपराध र अपराधीबाट देश र समाज लाई मुक्त गराउन पुलिस र पब्लिक बिच विश्वसनीयता हुनुपर्छ ।“

पुलिसको काम राजनीति गर्ने होईन जनताहरुलाई शान्ति सुरक्षा कायम गर्नु हो । समाज र देशका कुनै पनी व्यक्तिले न्याय पाउनको लागी कानुन र जनता दुबै जिम्मेवार हुनुपर्छ र कर्तव्यनिष्ठ हुन जरुरी देखिन्छ ।       नेपालमा पुलिस प्रति नेपाली जनताहरुको विश्चास नै छैन किनकी हाल नेपाल प्रहरी बिभीन्न किसिमका हत्या हिंसा अपहरण भ्रष्ट्राचार मा संलग्न तथा ठुलाबडाहरुको चाकरीगरी घुसलिने प्रक्रिया नभएर हो ।

बिभीन्न किसिमका राजनीतिग्यहरुको व्यक्तिगत मामिलाको किचलोको कारणले गर्दा सम्पुर्ण देशनै अस्तव्यस्त र देशका गरीब र सर्वाहारा बर्गहरुले बिभीन्न किसिमका दु;ख पाईरहेका छन् । राजनीतिमा राम्रो नराम्रो केहि पनी हुदैन खाली मौका छोप्न जान्नु पर्छ भन्ने सोचको राजनीति उचित राजनीति होईन। असल राजनीति गर्न त तब मज्जा आउँछ जब आफ्नो देश प्रति असल काम तथा सम्पुर्ण देशबासीहरुले आफुले देश प्रति गरेका बिकासात्मक कामहरु र उचित स्वभावले जयजयकार गरुन् ।तर नेपालका राजनितिग्यहरु देश र जनताहरुलाई कुचलेर ,नेपाली चेली बलत्कृत गराएर र आफ्नै देशमा काम लगाई देश समृद्दशाली बनाउनुको सट्टा लाखौँ नेपाली युवाहरुलाई खडीमुलुकमा पठाएर रेमिट्यान्सको बाटो हेरी बस्छन् ।

“ दादागीरी ,लुटेर ,चोरेर ,भ्रष्ट्राचार गरेको पैसा ले खाएको खाना भन्दा मेहेनत मजदुरी  गरेर कमाएर खाएको खाना नै सर्बोत्कृष्ट खाना हो “ ।

संरक्षण खास जाति व्यक्ति र क्षेत्रलाई मात्र नभई सम्पुर्ण राष्ट्रलाई नै चाहिएको छ । गरीब र सर्वाहारा बर्गहरुलाई उचित न्याय नदिलाई पहुँच पुगेवालाहरु र घुस दिने वालाहरुलाई मात्र संरक्षण गरी देशको राजनीति गुण्डागर्दी रुपमा चिनीएको हो ।हाल कोरोना महामारीकै अवस्थाको कुरा गर्दा पर्यटन मन्त्री श्री योगेश भट्टराई ज्युले मिडीया मार्फत पैसा तिर्नेहरुलाई उचित क्वारेन्टाईनको व्यवस्था र पैसा नतिर्ने सर्बसाधारणहरुलाई त्यहि अनुसारको व्यबस्था हुनेछ भन्नु भएको थीयो । यो सुन्दा मेरो आँखा रसाएर आए ।पैसावालाहरुले त पैसा तिरेर क्वारेन्टाईनमा बस्ने तर पैसा नभएकाहरुले कहाँबाट पैसा तिर्ने ? सरकार त सबैको साझा होईन र ? सरकार ले यस्तो महामारीको अबस्थामा जनताहरुको सेवा सुरक्षा गर्ने कि पैसाको लोभ लालचमा जनताहरुलाई मार्ने ? यहि दुर्दशा हेर्नको लागी नेपाली जनताहरुले तपाई लाई भोट दिएका हुन् सरकार ? म जान्न चाहान्छू ।

हालको परिवेशमा नेपाली जनताहरुले बर्तमान सरकार को दश प्रतिशत पनी विश्वास मानिरहेका छैनन् । किनी सरकारले नेपाली जनताहरुलाइ उचित बिश्वास र ढङ्गीला कामहरु गर्न नदकेर हो । अब विदेशमा रहेका नेपाली युवा दाजुभाईहरु नेपाल फर्कदै छन् । सरकार भन्छ विदेश बाट आउने नेपाली नागरीकहरुलाई क्वारेन्टाईनहरु छैनन् । यो कुरा थाहा पाउँदा पाउँदै सरकार ले पुर्वतयारी किन गरेन त ?

यहि देशमा जन्मेँ यहि देश मा हुर्केँ , यहि देशले मलाई यति सक्षम बनायो अनी मलाई लाग्यो मेरो पहिलो जिम्मेवारी मेरो देश र नेपाली जनताहरुप्रति हो “ ।

अन्तमा ; त्यस्ता प्रतिकुल परिश्थितिहरुको अन्त्य गरी समृद्दशाली मुलुक निर्माणका लागी वर्तमान दुर्दर्शी , जफावदेहि, जनतापर्ति उत्तरदायी , देश प्रति आफ्नो वचन प्रसिद्द , कर्मप्रति दृढ ,निष्पक्ष, राष्ट्रको स्वाधिनता र सर्वाङ्गीण , बिकासका लागी लागी पर्ने राजनीतिग्यहरुको आफ्नो व्यक्तिगत स्वार्थका लागी नभई राष्ट्रीय स्वार्थका खातिर अडिग र अटल बनी कर्मशील रहेर देशका सम्पुर्ण नागरीकहरुहरुलाई समान दृष्ट्रीकोणले हेरे पछी मात्र नेपालको राजनीती अविस्मरणीय रहने छ र नेपालको राजनीतिले गुणवान समर्पीत र असल शासकहरु हुन सकेमा देशले पक्कै पनी देशको मुहार फेर्न सक्छ र समुन्नतिको फड्को मार्न सक्छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

One thought on “संस्कार बन्न नसकेको राजनीती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्