Qatar-world-cup-2022

कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक

काठमाडौं, १ साउन। सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको मिति सार्वजनिक गरिएको छ । कतार विश्वकपको उद्घाटन नोभेम्बर २१ तारिखमा अल बायत रंगशालमा हुने समाचारमा जनाइएको छ ।

प्रतियोगिताको समुह चरणका बेला हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुनेछन । बायत रंगशालाको दर्शक क्षमता ६० हजार रहेको छ । यसैगरी विश्वकपको फाइनल भने लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ ।

जहा ८० हजार दर्शक क्षमता रहेको छ । प्रतियोगिताको समुह चरणका बेला हरेक दिन चार वटा फरक रंगशालामा चार खेल हुने भए अनुसार कतारको खलिफा रंगशालामा प्लेअफ र तेस्रो स्थानका लागि खेल हुनेछन ।

यसअघि जुन र जुलाईमा हुँदै आएको प्रतियोगिता पहिलो पटक नोभेम्बरमा हुने भएको हो । कतारमा जुन जुलाईमा अत्याधिक गर्मी हुने भएकाले विश्वकप फुटबल नोभेम्बरमा सारिएको बताइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्