barack obama

बिटक्वाइन काण्ड: बराक ओबामा लगायत थुप्रै नेता र कम्पनीका ट्विटर खाता ह्याक

बिटक्वाइन काण्डको झल्को आउनेगरि एउटा ठूलो सङ्गठित साइबर हमलामा चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक गरिएका छन्।

हमलाबाट प्रभावित हुनेमा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग, र्‍यापर कानिय वेस्ट लगायत छन्।

उबर र एपलजस्ता संस्थाहरू समेत हमलामा परेका छन्। हमलाकारीले निशानामा पारेर दुरूपयोग गरेका यी सबै ट्विटर खातालाई दशौँलाखले पछ्याएका छन्।

ह्याकरले के गरे?

बिटक्वाइन काण्डको झल्को आउनेगरि एउटा ठूलो सङ्गठित साइबर हमलामा चर्चित व्यक्तिहरू एवं कम्पनीका ट्विटर खाताहरू ह्याक गरिएका छन्। ओबामा, बाइडन र वेस्टका खातामा झुटा ट्वीटहरू राख्दै मानिसहरूलाई एक हजार डलरको क्रिप्टोकरेन्सी चन्दास्वरूप पठाउन भनिएको थियो।

“मलाई सबैले अरूलाई दिन आग्रह गर्ने गरेका छन्, र अहिले त्यो समय आएको छ,” बिल गेट्सको ट्विटर खातामा राखिएको झुटा ट्वीटमा लेखिएको थियो, “१,००० डलर पठाउनुस्, म तपाईँलाई २,००० डलर पठाउँछु।” सो बिटक्वाइन खातामा अहिलेसम्म १ लाख डलर जम्मा भएको बताइएको छ।

टेस्ला र स्पेश एक्स कम्पनीका प्रमुख एलन मस्कको आधिकारिक ट्विटरमा ‘आउँदा केही घन्टामा’ दिइएको डिजिटल वालेटको ठेगानामा पठाइने जतिपनि बिटक्वाइनको भुक्तानी दोबर हुने लेखिएको थियो।

“कोभिड-१९ का कारण म उदार भइरहेको छु,” बिटक्वाइनको ठेगाना राखिएको लिङ्कसहित उक्त ट्विटमा थप लेखिएको थियो।

पुरानै रोग तर ‘अनपेक्षित’

ती ट्विट पोष्टहरू भएको केहीबेरमा हटाइएका थिए।

निलो ‘टिकमार्क’ सहितका ती सबै प्रमाणित ट्विटर खाताहरूलाई अहिले थप ट्विट गर्नबाट रोकिएको छ।

विवरणहरूका अनुसार तिनमा यतिखेर पासवर्ड फेर्ने अनुरोधले समेत काम गरिराखेको छैन।

बीबीसीका साइबर सुरक्षा संवाददाता जोन टिडीका भनाइमा ‘बिटक्वाइन दोबर पार्ने’ काण्ड ट्विटरमा वर्षौँदेखिको रोग हो।

उनी भन्छन्- “तर ठूलो सङ्ख्यामा सार्वजनिक व्यक्तिका खाता ह्याक गरिएको यो घटना अनपेक्षित हो।”
यसले ट्विटरकै समस्या समेत देखाएको बताइएको छ।

ट्विटरमा अहिलेसम्मकै ठूलो हमला ठानिएको यस घटनालाई उक्त सोसल मिडिया कम्पनीले अनुसन्धान गरिरहेको जनाएको छ। स्रोत: बिबिसी नेपाल

यो पनि पढ्नुहोस

अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्र’तिब’न्ध गर्ने

सेक्रेटरी अफ स्टेट माइक पम्पेओले अमेरिकाले टिकटकसहित चिनियाँ एपहरुलाई प्र’तिब’न्ध गर्नेबारे सोचिरहेको बताएका छन् । फक्स न्यूजमा लाउरा इंग्राहमसँगको अन्तरवार्तामा पोम्पेओले यसबारे ग’म्भी’र रुपमा विचार गरिरहेको बताएका हुन् ।

पोम्पेओलाई इंग्राहमले अमेरिकाले टिकटकजस्ता चिनियाँ सामाजिक सञ्जाल एपहरु प्र’तिब’न्धबारे के सोचिरहेको छ भनेर प्रश्न गरेकी थिइन् । जवाफमा पोम्पेओले भने, ‘जनताको मोबाइलमा चिनियाँ एपको बारेमा अमेरिकाले सही निर्णय लिनेछ । यसबारेमा हामीले सोचिरहेका छौँ ।’ उनले आफ्नो निजी जानकारी चिनियाँ कम्युनिस्ट पार्टीको हातमा पुगोस् भन्ने चाहनेहरुले मात्र त्यस्तो एप डाउनलोड गर्न सुझाव दिए ।

यस विषयमा टिकटकले कुनै पनि प्रतिक्रिया दिएको छैन । टिकटकलाई बेइजिङको बाइटडान्स नामक कम्पनीले सञ्चालन गरिरहेको छ । यस एपमाथि अमेरिका नेताहरुले चिनियाँ गुप्तचरको निर्देशनमा काम गरिरहेको आ’रोप लगाउँदै आएका छन् । टिकटकले यसअघि बाइटडान्सभन्दा अलग रहेर काम गरिएको र यसको डाटा सर्भर चीनबाहिर रहेको चिनियाँ का’नुन अन्तरगत नपर्ने स्पष्ट पारेको थियो । टिकटकका अनुसार यसको सर्भर अमेरिका र सिंगापुरमा रहेको छ ।

टिकटक अमेरिका र पश्चिममा देशहरुमा निकै लोकप्रिय रहेको छ । यो वर्षको पहिलो तीन महिनामा मात्र ३१.५ करोड पटक यो एप डाउनलोड भएको थियो । हालै मात्र भारतमा यो एपमाथि प्रतिबन्ध लगाइएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्