अभिताभ बच्चन

अमिताभ बच्चनले अस्पतालबाटै दिए यस्तो सन्देश

को’भिड–१९ अर्थात् को’रो’ना भाइ’रसद्वारा संक्र’मित भएपछि बलिउड महानायक अमिताभ बच्चन नानावती अस्पताल भर्ना भएका छन् । अस्पतालमा रहँदा पनि उनी सोसल मिडियामार्फत् आफ्ना प्रशंसकसँग टचमा छन् र आफ्नो बिषयमा लगातार अपडेट पनि दिइरहेका छन् ।

उनले आफ्नो पछिल्लो इन्स्टाग्राम पोस्टमा संस्कृतको श्लोक पोस्ट गरेका छन् । अमिताभले आफ्नो एउटा तस्बिर पोस्ट गर्दै ज्ञानको कुरा साझा गरेका छन् ।

उनले फोटोको क्यापसनमा लेखेका छन्, ‘यस्ता व्यक्ति जो इर्ष्या गर्ने, घृणा गर्ने, असन्तोषी, रिसाहा, सधैं शंका गर्ने वा अरुको भरमा बाँच्ने यस्ता ६ प्रकारका मानिसहरु सधैं दुःखी हुन्छन् । यस्ता कामबाट टाढै हुनुपर्छ ।’

यसअघिको पोस्टमा अमिताभले आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका थिए । अमिताभ बच्चनसहित अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण देखिएको थियो ।

उनी अमिताभसँगै अस्पतालमा छन् । यता ऐश्वर्या राय र आराध्या भने होम क्वारेन्टिनमा छन् । जया बच्चनको कोरोनाको परीक्षण नेगेटिभ आएको छ । एजेन्सी

अमिताभ बच्चन

यो पनि पढ्नुहोस् :-

भारतीय सिनेमा क्षेत्रका महानायक अमिताभ बच्चनलाई कोरो’ना भाइ’रसको संक्र’मण भएको पुष्टि भएको छ । बलिउड क्षेत्र यतिबेला महानायक बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना गरिरहेको छ ।

भाइ’रसबाट संक्र’मित बनेका महानायकको विषयमा भारतीय सञ्चार माध्यमले विभिन्न घट’नाहरुको बारेमा सार्वजनिक गरेका छन् ।

यसैबीच, एक पटक अमिताभ बच्चन सिकिस्त बिरामी भएका थिए । साथै, उनले जीवनमा थुप्रै मुश्किल घडीहरुको सामना पनि गरिसकेका छन् ।

यति मात्र होइन, अमिताभ बच्चनले एक पटक मृ’त्युलाई समेत जितेर फर्किएका थिए ।

सन् १९८२ को जुलाइृ २६ मा बैंगलुरुमा फिल्म ‘कुली’ को शुटिङमा अमिताभले फिल्मलाई थप प्रभावकारी बनाउन आफैले स्टन्ट दिने निधो गरे । एक सीनमा पुनीत इस्सरले अमिताभ बच्चनलाई मुक्का हान्नुपर्ने थियो । तर, अपसोच अमिताभको मुखमा मुक्का बजारियो र उनी स्टीलको टेबलमाथि बाट लडेर अर्कोपट्टि बजारिए ।

उक्त समय यो सीट सेटमा निकै रियल लागेको थियो र अमिताभको तारिफ पनि भयो । तर केही छिनपछि अमिताभको पेट दुख्न सुरु भयो र रातभर उनी छट्पटाइरहे तर चो’ट कहाँ लागेको थियो पत्ता नलागेपछि उनलाई बैंगलुरुको सिलोमिना अस्पतालमा भर्ना गरियो ।

साथै, मुम्बईका विशेषज्ञ चिकित्सक बैंगलुरु पुगे । स्थानीय चिकित्सकले अमिताभको शल्यक्रिया समेत गराएका थिए । घट’नाको दुई दिन सम्ममा अमिताभको हालत निकै खरा’ब भयो । अस्पतालका डाक्टरहरुले पेन किलर दिएर उपचार गराइरहेका थिए । तर कसैलाई उनको चो’ट कहाँ लागेको हो पत्ता लगाउन सकेका थिएनन् ।

यसै दौरान अमिताभ बच्चनलाई स्थानीय डाक्टरले उपचार गरे र अमिताभको पेट चि’रियो । उनको पेटमा भएको इन्फेक्शन मुटु सम्म पुग्यो र मस्तिष्कमा समेत अ’सर पुग्यो । चिकित्सकहरुले उनको बाँच्ने आशा मा’रिसकेका थिए ।

त्यसपछि फेरि उनको शल्य’क्रिया भयो । शल्य’क्रिया पछि उनको अवस्था झनै नाजुक भयो । उनको बा’च्ने आश म’र्दै गएपछि घट’नाको ७ दिनपछि उनलाई मुम्बई लगियो ।

उनलाई १० देखि १२ जना चिकित्सकले एकसाथ उप’चार पछि पुर्नजन्म दिएका थिए । उनले आँफै ट्विट गर्दै अगस्ट २ मा आफ्नो पुर्नजन्म भएको बताएका थिए । एजेन्सी

अमिताभ बच्चन

यो पनि पढ्नुहोस् :-

बलिउडकी दिग्गज अभिनेत्री रेखाले बीएमसीका अधिकारीलाई आफ्नो बंगलाभित्र प्रवेश नदिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

केही दिन अघि रेखाका सुरक्षाकर्मी लगायत केही कर्मचारीमा को’रो’ना संक्र’मण पुष्टि भएको थियो । उनीहरुलाई थप उपचारका लागि बीएमसीले को’भिड–१९ बिरामीका लागि प्रदान गर्दै आएको स्थानमा सारिएको छ ।

रेखाको सी स्प्रिङ्ग्स नामको बंगलालाई कन्टे’न्टमेन्ट जोन भनेर सम्बन्धित अधिकारीले सील गरेका छन् । पिंकभिल्लाको एक रिपोर्ट अनुसार बीएमसीका अधिकारी रेखाको बंगला पुग्दा रेखाकी म्यानेजर फरहानाले कुरा गरेकी छिन् ।

त्यसपछि उनले आफ्नो नम्बर दिँदै केही प्रक्रिया गर्नुअघि आफूलाई जानकारी दिन भनिन् । पछि जब फरहानालाई फोन गरियो तब उनले रेखाको स्वास्थ्य स्थिती निकै ठिक भएको र उनी कसैसँगको सम्पर्कमा नआएकोले को’भिड–१९ को परीक्षण गर्न रेखा इच्छुक नभएको जानकारी दिइन् ।

यतिमात्रै होइन, बीएमसीले रेखाको घर स्यानिटाइज गर्नका लागि आफ्नो समूह पठाउँदा पनि उनीहरुलाई बंगलाभित्र प्रवेश गर्न नदिएको बताइएको छ ।

यसअघि हिन्दुस्तान टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार रेखा बीएमसी अधिकारीमार्फत् आफ्नो को’रो’ना परीक्षण गर्न चाहन्नन् । उनले आफ्नै तरिकाले परीक्षण गर्ने र रिपोर्ट सम्बन्धित निकायमा पेश गर्ने बताइएको छ । एजेन्सी

बलिउडकी दिग्गज अभिनेत्री रेखा

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्