sajha yatayat

आजबाट बसमा आधा यात्रु बोकेर संचालन भए सार्बजनिक यातायात

काठमाडौं, १ साउन। सरकारी लगानीको साझा यातायात काठमाडौं उपत्यकामा आज(विहीबार)वाट सञ्चालनमा आएको छ ।लकडाउन भएसँगै रोकिएको साझाले २६ वटा बसमार्फत काठमाडौंका अधिकांश रुटमा आजबाट सेवा सुरु गरेको हो ।

साझाले सरकारले तोकेअनुसार सिट क्षमताभन्दा आधा मात्रै यात्रु राखेर बस सञ्चालन गर्न लागेको जनाएको छ ।बस चढ्न मास्कको प्रयोग अनिवार्य गरिएको छ । पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गर्न लागिएको साझाले जनाएको छ ।

आवश्यकतानुसार बस थप्दै लैजाने साझाको तयारी छ । सरकारले तोकेअनुसार नै भाडा लिइने उसले जनाएको छ । मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि पनि यातायातले बसको मर्मतसम्भार भन्दै केही दिन बस थन्क्याएको थियो ।

बिक्रम संबत २०१९ सालमा सुरु भएको साझा यातायातलाई विगतमा सबैभन्दा लोकप्रिय सवारी साधन मानिन्थ्यो ।विभिन्न समस्याका कारण २०६४ मा अवरुद्ध सेवा २०७० सालमा पुनः स्थापित गरिएको हो ।

साझाले अहिले काठमाडौं उपत्यकामा १० रुट तथा उपत्यका बाहिर पनि केही गन्तब्यमा सेवा दिईरहेको छ ।

sajha yatayat

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्