सुपर स्टा

बलिउडका सबैभन्दा धनि टप ५ सुपरस्टार, कसको सम्पति कति ?

विश्वभर नै ब्यापार गर्ने क्षेत्र हो बलिउड । बलिउड लगेर कतिले आफ्नो नाम, शान अनी सम्पत्ति पनि राम्रै कमाएका छन ।

हिन्दी चलचित्र क्षेत्रमा यस्ता केही अभिनेता छन् जोसँग अकुत सम्पत्ति रहेको छ । केही अभिनेताहरुले करोडौं मानिसहरुको सम्मान र मायासँगै अकुत सम्पत्ति पनि कमाएका छन् ।

तीमध्य सबैभन्दा धेरै सम्पत्ति भएका पाँच अभिनेताहरुको बारेमा आज हामी चर्चा गर्दैछौँ ।

शाहरुख खान
यो सूचीमा शाहरुख खान पहिलो स्थानमा पर्छन् । शोभिज डट.कम वेभसाइटका अनुसार शाहरुख खानको कुल सम्पत्ति ७४० मिलियन डलर रहेको छ । यो सम्पत्तिका अनुसार उनी सबैभन्दा धनि अभिनेता हुन् ।

अभिताभ बच्चन
दोस्रो स्थानमा महानायक अभिताभ बच्चनको नाम रहेको छ । विगत ५० वर्षदेखि बलिउडमा राज गरिरहेका अमिताभ बच्चनसँग ४०५ मिलियन डलर सम्पत्ति रहेको छ ।

सलमान खान
सबैभन्दा धनि अभिनेताको सूचीमा तेस्रो स्थानमा सलमान खानको नाम आउँछ । सलमान खानसँग २२० मिलियन डलर सम्पत्ति रहेको छ ।

आमिर खान
धनि अभिनेताहरुको सूचीमा सुपरस्टार आमिर खानको नाम पनि सामेल रहेको छ । आमिर खानसँग २०५ मिलियन डलर रहेको छ ।

अक्षय कुमार
हिन्दी सिनेमामा ‘खेलाडी’ को नामबाट चर्चित सुपरस्टार अक्षय कुमारको नाम पनि यस सूचीमा सामेल रहेको छ । उनी पनि पाँच सबैभन्दा धनि अभिनेताको सूचीमा सामेल छन् । उनीसँग २०० मिलियन डलरको सम्पत्ति रहेको छ । एजेन्सी

शाहरुख खान
अभिताभ बच्चन
सलमान खान
आमिर खान
अक्षय कुमार
सुपर स्टा

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्