पछिल्लो २४ घण्टामा क्याटलोनयामा ११ सय २६ संक्रमित

स्पेनको उत्तर–पूर्वी इलाका क्याटलोनियामा थुप्रै प्रतिबन्ध बीच एकपटक पुनः एक दिनमा हजार बढी संक्रमित भेटिएका छन् स्वास्थ्य विभागले यस हप्ता संक्रमितको संख्यामा भएको वृद्धिलाई रोक्ने कोसिस गरिरहेको छ । यसकारण बार्सिलोनामा ४० लाख व्यक्तिलाई १५ दिनसम्म घरमा बस्न आग्रह गरिएको छ ।

क्याटलोनिया स्पेनमा सबैभन्दा बढी को’रोना प्रभावित इलाकामा समावेश छ । उता स्पेनमा को’रोनाको बढ्दो संक्रमण देखिएपछि छिमेकी देश फ्रान्सले देशको सीमा बन्द गर्नेबारे एकपटक पुनः विचार गर्नुपर्ने बताएको छ । स्पेनमा हालसम्म २.६ लाख संक्रमित भेटिएको छ जसमध्ये २८ हजार ४ सय व्यक्तिको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा क्याटलोनयामा ११ सय २६ संक्रमित भेटिएका छन् । यीमध्ये ८ सय ९४ संक्रमित बार्सिलोनामा छन् । यहाँ नाइट क्लब र जम बन्द हुनुका साथै रेष्टुरेन्ट र बार आदिमा प्रतिबन्ध लगाइएको छ । स्रोत: बिबिसी

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्